
News Summary
Generated by OK AI. Editorially reviewed.- माबिलुङ इनर्जीले सर्वसाधारणका लागि १८ लाख ९० हजार ५३० कित्ता प्राथमिक सेयर १ सय रुपैयाँ अंकित मूल्यमा निष्कासन गर्न लागेको छ।
- सर्वसाधारणले न्यूनतम १० र अधिकतम ५० हजार कित्तासम्म मेरोसेयरमार्फत आवेदन दिन सक्नेछन्, आवेदन साउन २९ गतेसम्म खुला रहनेछ।
- कम्पनीले संखुवासभा जिल्लामा ४.९५ मेगावाट क्षमताको आयोजनाको प्रतिमेगावाट लागत २२ करोड ९५ लाख रुपैयाँ रहेको जनाएको छ।
२६ साउन, काठमाडौं । सर्वसाधारणका लागि आज सोमबारदेखि माबिलुङ इनर्जीको प्राथमिक सेयर (आईपीओ)मा आवेदन खुलेको छ । कम्पनीले सर्वसाधारणका लागि अंकित मूल्य १ सयका दरले कुल १८ लाख ९० हजार ५३० कित्ता सेयर निष्कासन गर्न लागेको हो ।
जुन जारी पूँजीको ४८.९९ प्रतिशत हो । वैदेशिक रोजगारमा रहेका, आयोजना प्रभावित तथा सामुहिक लगानी कोषलाई छुट्याएपछि बाँकी रहेको १२ लाख ४८ हजार ९०४ कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरिएको हो ।
सर्वसाधारणले न्यूनतम १० तथा अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिने बिक्री प्रवन्धक लक्ष्मी सनराइज क्यापिटलले सार्वजनिक सूचनामार्फत जनाएको छ । साउन २९ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीले संखुवासभा जिल्लामा माथिल्लो पिलुवाखोला– ३ मा ४.९५ मेगावाट क्षमताको आयोजना बनाएको छ । जसको प्रतिमेगावाट लागत २२ करोड ९५ लाख रुपैयाँ रहेको छ ।
गत चैत मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ ९५ पैसा छ भने प्रतिसेयर आम्दानी १ रुपैयाँ ५ पैसा छ । यसमा साधारण लगानी फिर्ता हुने अनुमानित अवधि ९.४३ वर्ष रहेको छ ।
प्रतिक्रिया 4