+
+
Shares

पाटनमा सुरु भयो मतयाः यात्रा (तस्वीहरू)

आर्यन धिमाल आर्यन धिमाल
२०८२ साउन २६ गते १५:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाटनमा प्रत्येक वर्ष गाइजात्राको भोलिपल्ट मतयाः यात्रा सुरु हुन्छ, जसमा १,४०० धार्मिक स्थलहरूको भ्रमण गरिन्छ।
  • मतयाः यात्राको सुरुवात लिच्छवीकालमा राजा बालचन्द्र देवका छोरा गुण कामदेवले पाटनका १० टोललाई समेटेर गरेको मान्यता छ।
  • गाइजात्रा पर्वलाई गौतम बुद्धसँग जोडिएको कथा अनुसार मार नामक राक्षस यमलोक पुगेको दिन मर्ने मानिसहरूले मुक्ति पाउने विश्वास छ।

२६ साउन, काठमाडौं। प्रत्येक वर्ष गाईजात्राको भोलिपल्ट मनाइने मतयाः यात्रा सुरू भएको छ । काठमाडौँको पुरानो वस्ती मध्येको एक पाटनमा शहरकै महत्वपूर्ण पर्व मतयाः यात्रा सुरू भएको हो ।

मतयाः यात्रामा सबैले आफ्नो जीवनकालमा एक न एक पटक सहभागी हुनै पर्छ भन्ने मान्यता रहिआएको छ । पाटनको मतया: यात्राको बौद्ध धर्मसँग नजिकको सम्बन्ध रहेको छ । बौद्ध धर्मावलम्बीहरूले विशेष महत्वका साथ मनाउने ‘गुँला’ (प्राय: श्रावण महिनाको दोश्रो हप्ताबाट सुरु हुने पर्व)को शुरुवातसँगै पाटनका मानिसहरू मतया: लाई स्वागत गर्न केही रात बाजागाजा सहित शहरको परिक्रमा गर्दछन् ।

के हुन्छ मतया: को दिन ?

मतया: यात्राको दिन यसमा सहभागी हुनेहरूले पाटनभर छरिएर रहेका १,४०० धार्मिक स्थलहरूको भ्रमण गर्नु पर्ने हुन्छ । यात्रा सखारै सुरु हुन्छ र विशेष पुजारीले यात्राको नेतृत्व गर्ने गर्दछन् । यात्रा सक्न दिन भर नै लाग्ने गर्दछ ।

यात्राको क्रममा भक्तजनहरूले आफ्नो गच्छ अनुसार चामल, फूल र पैसा चैत्यहरूमा चढाउने गर्दछन् । यात्रामा हिँड्नेहरू मध्ये कसैले परम्परागरत बाजा बजाउँछन् भने कसैले मैन बत्ती समाएर हिँड्छन् । अरूहरू चाहीँ राक्षसको रूप धारण गरेर पनि यात्रामा सरिक हुन्छन् ।

के भन्छ इतिहास ?

स्थानीयका अनुसार यो यात्राको सुरुवात लिच्छवीकालमा भएको हो । राजा बालचन्द्र देवका छोरा गुण कामदेवले पाटका १० टोल : मङ्गलबजार, चक्रबहिल, इखा छे:, बुबहाल, हउगल, ओकुबाहाल, कोबाहाल, सौगल र नकबहिलका जनतालाई सम्मिलित गरेर यो यात्रा शुरु गरेको मान्यता छ । मतया:लाई नेकु जात्रा पनि भन्ने गरिन्छ । नेवारी भाषामा ‘नेकु’ ले भैसीलाई चिनाउँछ । गाइजात्राको भोलिपल्ट मनाइने हुँदा यसलाई नेकु मतया भनिएको पनि हुनसक्छ ।

नेवारी भाषामा ‘मत:’ को अर्थ बत्ती हुन्छ भने ‘या’ को अर्थ ‘चाडपर्व’ अथवा ‘यात्रा’ हुन्छ । ‘गुँला’को मध्यमा पर्ने हुनाले पनि यसलाई जिवनरुपी यात्राको उच्च विन्दूको उत्सवको रूपमा लिने गरिएको छ ।

अर्को कथा चाहीँ गौतम बुद्धसँगै जोडिएको छ । भगवान बुद्ध बोध गयामा पिपलको रूखमनि बसेर ध्यान गरिरहँदा ‘मार’ नाम गरेका राक्षसले दु:ख दिएको थियो । उसले बुद्धको आसन आफ्नो भएको दावि गरेको थियो र बुद्धलाई त्यहाँबाट हटाउन आफ्नो सेना पठाएको थियो ।

सेनाका सबैले एकै स्वरमा सोधेका थिए : यो ठाउँ तिम्रो हो भनेर को साक्षी छ ?

जमिन मुनिबाट पृथ्वीले भनेकी थिइन् : म साक्षी छु ।

यति भने पछि मार र उसका सेना गायव भएका थिए । भनिन्छ उनीहरू सिधै यमलोक पुगे ।

काठमाडौंमा मनाइने गाइजात्रा पर्वलाई यो घटनासँग पनि जोड्ने गरिन्छ । गाइजात्राकै दिन मार यमलोक पुगेका र यो दिन मर्ने मानिसहरूले मुक्ति पाउने कथन पनि रहिआएको छ ।

हेर्नुहोस् तस्वीरहरू :  

 

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?