+
+
Shares

विद्या भण्डारीको सदस्यताबारे केन्द्रीय कमिटीको निर्णय सच्याइयोस् : बस्नेत

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २७ गते २१:१५

२७ साउन, काठमाडौं । नेकपा एमाले कोशी प्रदेश सदस्य रोशन बस्नेतले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यताबारे केन्द्रीय कमिटीले गरेको निर्णय सच्याउन माग गरेका छन् ।

कोशी प्रदेश कमिटीको सातौं पूर्ण बैठकमा आफ्ना धारणा राख्ने क्रममा मंगलबार बस्नेतले यस्तो बताएका हुन् ।

पार्टी सदस्यता लिएकै ४५ वर्ष भइसकेको, पार्टीका पूर्वउपाध्यक्षको हैसियतमा काम पनि गरेको लगायतका कारण देखाउँदै कार्यकर्ताको भावना समेट्न नेतृत्वलाई आग्रह गर्नुपर्ने बस्नेतको भनाइ थियो ।

‘जसले ल्याएको नीति, विचारले यो पार्टी चलेको छ, आज त्यो पार्टीको परिवारको सदस्यलाई तेजोबद गर्ने हिलो छ्याप्ने काम नेतृत्व तहबाटै भएको छ,’ बस्नेतले बैठकमा भने, ‘यो कार्य खेदजनक छ । त्यस्ता आपत्तिजनक भनाइलाई तत्काल सच्याउनुपर्छ ।’

बैठकमा मंगलबार ४० जनाले धारणा राखेका छन् । भोलि बिहान ८ बजेबाट पुन: बैठक बस्ने बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?