+
+
Shares

‘माइतीघर’को शीर्ष गीतमा नृत्य गरेर ५ लाख जित्ने मौका

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २८ गते १३:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'माइतीघर' असोज १३ गतेबाट रिलिज हुन लागेको छ र यसको प्रचारप्रसार आक्रामक रुपमा अगाडि बढिरहेको छ।
  • फिल्मको शीर्ष गीतमा नृत्य गरेर उत्कृष्ट हुनेलाई ५ लाख नगद पुरस्कार दिने घोषणा गरिएको छ।
  • भदौ २० गतेसम्म भिडियो पठाउनुपर्नेछ र असोज १२ गते उत्कृष्ट भिडियो बनाउनेको नाम घोषणा गरिनेछ।

काठमाडौं । दशैंको फूलपातीको अवसरमा असोज १३ गतेबाट रिलिज हुन लागेको फिल्म ‘माइतीघर’को प्रचारप्रसार आक्रामक रुपमा अगाडि बढिरहेको छ ।

फिल्मको देशभरका हलमा ठूला ठूला पोस्टर राखिएको छ । देशका विभिन्न स्थानमा होर्डिङबोर्ड राखिएको छ । प्रस्तुतकर्ता रोहित अधिकारीले प्रचारमा कुनै पनि कमी नगर्ने घोषणा गरिसकेका छन् ।

यसैबिच, यो फिल्मको शीर्ष गीतमा नृत्य गरेर उत्कृष्ट हुने व्यक्ति वा समुहलाई ५ लाख नगद पुरस्कार घोषणा गरिएको छ । भदौको पहिलो साता सार्वजनिक हुन लागेको गीतको ४० सेकेन्डदेखि २ मिनेटसम्म भिडियो बनाउनेलाई पुरस्कृत गर्ने जनाइएको छ ।

सार्वजनिक भिडियोमध्येबाट सर्वाधिक धेरै भ्यूज आउने र उत्कृष्ट कोरियोग्राफी भएको भिडियोलाई छनोट गरेर ५ लाख नगद पुरस्कार दिइने फिल्मका प्रस्तुतकर्ता रोहित अधिकारीले बताए ।

‘बसन्त नै बस्न खोज्छ यहाँ लोलायर’ बोलको गीतमा भिडियो बनाएर भदौको २० गतेसम्म पठाइसक्नुपर्नेछ । यो गीतमा भारतीय गायिका सञ्जिवनीको स्वर छ ।

असोज १२ गते उत्कृष्ट भिडियो बनाउने व्यक्ति वा समुहको नाम घोषणा गर्ने र पुरस्कार प्रदान गर्ने बताएको छ ।

मिलन तामाङ निर्देशित फिल्ममा धीरज मगर, केदार घिमिरे, प्रकाश सपुत, उपासनासिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, वुद्धि तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापाको अभिनय छ ।।

रविन शेरचन र धिरज तामाङको लगानी रहेको फिल्मका कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र निरज कटुवाल हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?