+
+
Shares

अनुमति नलिई जेनजी भन्दै माइतीघरमा प्रदर्शन गर्ने ५० जना पक्राउ

स्थानीय प्रशासनको अनुमतिबिना प्रदर्शन गर्न खोजिएको र अन्य जेनजी समूहबीच सम्भावित मुडभेडबाट प्रदर्शनकारीकै असुरक्षा हुने देखिएकाले सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

रासस रासस
२०८२ कात्तिक ८ गते १२:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्थानीय प्रशासनबाट अनुमति नलिई माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जनालाई प्रहरीले हिरासतमा लिएको छ।
  • जिल्ला प्रहरी परिसर काठमाडौंले सम्भावित मुडभेड र प्रदर्शनकारी असुरक्षाका कारण सोधपुछका लागि नियन्त्रणमा लिएको जनाएको छ।
  • जेनजी युनाइटेडका अगुवा मदन कार्कीले अनुमति नपाएको र प्रहरीको नियन्त्रण लोकतान्त्रिक नभएको बताएका छन्।

८ कात्तिक, काठमाडौं । स्थानीय प्रशासनबाट अनुमति नलिई काठमाडौँको माइतीघरमा प्रदर्शनका लागि पुगेका ५० जनालाई शनिबार नेपाल प्रहरीले हिरासतमा लिएको छ ।

शनिबार बिहानदेखि माइतीघरमा प्रर्दशन गर्न पुगेका जनेजी युनाइटेडका सदस्यलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले सोधपुछका लागि नियन्त्रणमा लिएको हो ।

स्थानीय प्रशासनको अनुमतिबिना प्रदर्शन गर्न खोजिएको र अन्य जेनजी समूहबीच सम्भावित मुडभेडबाट प्रदर्शनकारीकै असुरक्षा हुने देखिएकाले सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरी परिसर, काठमाडौंले जनाएको छ । नियन्त्रणमा लिइएका ५० मध्ये २४ महिला र २६ पुरुष छन् ।

जेनजी युनाइटेडका अगुवा मदन कार्कीले आफूहरूले स्वतन्त्र रुपमा प्रदर्शन गर्नका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट अनुमति माग्दा नपाएको बताए ।

उनले प्रहरी प्रशासनले प्रदर्शनकारीलाई नियन्त्रणमा लिनु लोकतान्त्रिक नभएको बताए । ‘हामी जेनजीहरू एकजुट हुनुपर्छ भन्ने सकारात्मक भावसहित जाऔं भनेर लागेका हौं । तर हामीलाई रोकियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमति पाएनौ, दिइएन’, खनालले भने ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?