+
+
Shares

गृहमन्त्रीलाई रास्वपाको प्रश्न : जिबी राईलाई कहाँ लुकाइएको छ ?

बुधबार प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै सभामुखसँग समय लिएर बोल्दै रास्वपाका सांसद अशोक कुमार चौधरीले गृहमन्त्री रमेश लेखकसँग यसको जवाफ मागे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २८ गते १३:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारी ठगीका आरोपित जिबी राई किन पक्राउ नपरेको भनेर सरकारलाई प्रश्न गरेको छ।
  • रास्वपाका सांसद अशोक कुमार चौधरीले प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री रमेश लेखकसँग जिबी राई कहाँ लुकाइएको छ भनेर जवाफ मागेका छन्।
  • सांसद चौधरीले गिरिबन्धु टिइस्टेट र नक्कली भुटानी शरणार्थी प्रकरणको विषयमा पनि गृहमन्त्री लेखकलाई प्रश्न गरेका छन्।

२८ साउन, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी ठगीका आरोपित जिबी राई किन पक्राउ नपरेको भनेर सरकारलाई प्रश्न गरेको छ ।

बुधबार प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै सभामुखसँग समय लिएर बोल्दै रास्वपाका सांसद अशोक कुमार चौधरीले गृहमन्त्री रमेश लेखकसँग यसको जवाफ मागे ।

‘जिबी राईलाई कहाँ लुकाइएको छ ?’ सांसद चौधरीले गृहमन्त्री लेखकलाई सोधे, ‘कति महिना भयो गृहमन्त्री भएको ? उनी (जिबी राई) घर भित्र छन् कि सत्ताको ओढारभित्र ?’

सांसद चौधरीले गिरिबन्धु टिइस्टेटको विषय, नक्कली भुटानी शरणार्थी प्रकरणको विषय समेत कहाँ पुग्यो भनेर गृहमन्त्री लेखकलाई प्रश्न गरे ।

‘गिरिबन्धु टिइस्टेटको फाइल कहाँ हरायो ? के यो फाइलले पनि राजनीतिक पासपोर्ट पायो ?’ चौधरीले सोधे, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा को बयान कहाँ पुग्यो ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?