+
+
Shares

लोडसेडिङको हल्ला निरर्थक : ऊर्जामन्त्री खड्का

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २८ गते १६:१७

२८ साउन, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले लोडसेडिङ भइरहेको भनि फैलाइएको हल्ला निरर्थक भएको जिकिर गरेका छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा सांसदहरूको मौखिक प्रश्नहरूको जवाफ दिँदै मन्त्री खड्काले यस्तो जिकिर गरेका हुन् । मुलुकका केही क्षेत्रबाहेक देशभर विद्युत आपूर्ति सहज ढंगले भइरहेको उनको भनाइ छ ।

‘हामीले सुधारलाई तिव्रताका साथ अगाडि बढाएका छौं । उत्पादनलाई पनि निरन्तरता दिएका छौं । त्यसो हुँदा लोडसेडिङको कुरा निरर्थक रहेको निवेदन गर्दछु,’ ऊर्जामन्त्री खड्काले भने ।

विद्युत् विस्तार र आपूर्ति गर्ने कुरालाई सरकारले तिव्रताका साथ  अगडि बढाइरहेको समेत बताउँदै उनले हाल १७ अब ७२ करोड रुपैयाँ बराबरको विद्युत् निर्यात भइरहेको बताए । साथै, १२ अर्ब ९२ करोड बराबरको जलविद्युत् आयात भइरहेको जानकारी उनले दिए ।

‘१७ अर्ब ७२ करोड रुपैयाँ बराबरको विद्युत हामीले निर्यात गरिरहेका छौं भने आयात १२ अर्ब ९२ करोडको गरिराखेका छौं । झन्डै ५ अर्ब रुपैयाँ बराबरको मुनाफा हामीले लिइरहेको अवस्था छ । देशभरीको कुरा गर्ने भने केही क्षेत्रमा विद्युत् पुर्‍याउन बाँकी छ । ती ठाउँहरूमा पनि विद्युत् आपूर्ति गरिराखेको अवस्था छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?