+
+
WC Series
काठमान्डु गोर्खाज 2025
118/10 (16.5)
VS
Sudurpaschim won by 29 runs
Won सुदूरपश्चिम रोएल्स 2025
147/10 (20)
Shares

दुर्गा प्रसाईंका सुरक्षा गार्ड दीपक खड्का पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ३ गते २१:५६

३ मंसिर, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका सुरक्षा गार्ड दीपक खड्का पक्राउ परेका छन् । उनी अहिले जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा छन् ।

प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, प्रसाईं पक्राउ परेपछि खड्कासहितका अन्य केही युवाहरू परिसरमा पुगेका थिए ।

सो क्रममा उनका सुरक्षा गार्ड खड्कालाई नियन्त्रणमा लिइएको एसपी भट्टराईले जानकारी दिए ।

खड्कालाई अभद्र व्यवहारसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरिएको छ । मंगलबार प्रहरीले नियन्त्रणमा लिएका खड्कालाई बुधबार प्रशासनबाट म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रसाईं पनि परिसरकै हिरासतमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?