
३१ भदौ, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणमा निवर्तमान ऊर्जामन्त्री दीपक खड्काले खोलेको मन्त्री कक्ष नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री कुलमान घिसिङले बन्द गराएका छन् ।
सो स्थानलाई मन्त्री घिसिङले मगंलबार विद्युत् प्राधिकरण प्रधान कार्यालय रत्नपार्कस्थित मन्त्री कार्यकक्ष तत्काल बन्द गरी उक्त स्थानलाई प्राधिकरणको प्रयोजनका लागि प्रयोग गर्न निर्देशन दिएका हुन् ।
यसअघि कुलमान कार्यकारी निर्देशक पदमा घिसिङ रहेको बेला खड्काले प्राधिकरणमा आफ्नो कार्यकक्ष खोलेका थिए ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले मंगलबार नेपाल विद्युत प्राधिकरणको प्रधान कार्यालय, रत्नपार्कमा रहेको मन्त्री कार्यकक्ष तत्काल बन्द गर्न निर्देशन दिएका छन् ।
भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्रीसमेत रहेका उनले उक्त कार्यकक्षलाई अब प्राधिकरणकै कामका लागि प्रयोग गर्न पनि निर्देशन दिएका हुन् ।
यसअघिका ऊर्जामन्त्री दीपक खड्काले प्राधिकरणमा ‘मन्त्री कार्यकक्ष’ बनाउन लगाएका थिए । त्यतिबेला घिसिङ प्राधिकरणका कार्यकारी निर्देशक थिए । खड्का र घिसिङबीच विवाद चलिरहेको थियो ।
प्रतिक्रिया 4