+
+
Shares

गृहमन्त्रीले विदेश पुगे भने, दीपक खड्का जलेको घरबाटै सार्वजनिक भए

जेनजी आन्दोलनका क्रममा जलाइएको आफ्नै निवासमा उनी सोमबार सार्वजनिक भएको छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ३ गते ९:३४

३ कात्तिक, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले देश छाडेर भागेको दाबी गरेको एकदिपछि निवर्तमान ऊर्जमन्त्री दीपक खड्का स्वदेशमै रहेको पाइएको छ ।

जेनजी आन्दोलनका क्रममा जलाइएको आफ्नै निवासमा उनी सोमबार सार्वजनिक भएको छन् ।

गृहमन्त्री अर्यालले नयाँ पत्रिका दैनिकसँगको अन्तर्वार्तामा नेपाली कांग्रेसका नेता खड्का देश छाडेर भागिसकेको दाबी गरेका थिए ।

‘ठुल्ठूला नेताका बारेमा छानबिन सुरु भइरहेको कुरा आइसकेको छ । कसैको भागाभागसमेत भएको छ । तत्कालीन ऊर्जामन्त्री भागिसके । अरू पनि भाग्न खोज्दै छन् ।उनीहरूलाई भाग्नबाट रोक्नेसम्बन्धी प्रावधान छन् कि भनेर हामी अध्ययन गरिरहेका छौं’, गृहमन्त्री अर्यालले अन्तर्वार्तामा भनेका थिए ।

तर, खड्का भिडियोमार्फत् काठमाडौंस्थित आफ्नो जलेको घरबाटै सार्वजनिक भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?