+
+
Shares

अशोक राई र राजेन्द्र महतोको दलले एकताउन्मुख सहकार्य गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २८ गते १७:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबीच एकताउन्मुख कार्यगत एकता हुने भएको छ।
  • राष्ट्रिय मुक्ति पार्टीका महासचिव केशव झाले दुई पार्टीबीच एकता हुने र एकतान्मुख कार्यगत एकता घोषणा गर्न लागिएको जानकारी गराए।
  • जसपा नेपालबाट पार्टी विभाजन गरेर जसपा गठन गरेका राईको दल मधेस केन्द्रीत मोर्चामा छैन भने राष्ट्रिय मुक्ति पार्टी संघीय लोकतान्त्रिक मोर्चामा सहभागी छ।

२८ साउन, काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी  वीचमा एकताउन्मुख कार्यगत एकता हुने भएको छ ।

कार्यगत एकताको घोषणा बिहीबार कार्यक्रम गरिने भएको छ । राष्ट्रिय मुक्ति पार्टीका महासचिव केशव झाले पार्टी एकता गर्ने गरी एकताउन्मुख सहकार्य गर्न लागेको जानकारी गराए । ‘दुई पार्टीबीच एकता हुन्छ । अहिले एकतान्मुख कार्यगत एकता घोषणा गर्न लागेका हौं ।’

राईले जसपा नेपालबाट पार्टी विभाजन गरेर जसपा गठन गरेका थिए । राईको नेतृत्वको दल जसपा मधेस केन्द्रीत सात दलको मोर्चामा सहभागी छैन । राष्ट्रिय मुक्ति पार्टी भने संघीय लोकतान्त्रिक मोर्चामा सहभागी छ ।

जसपाका प्रतिनिधि सभामा ७ सांसद छन् । राष्ट्रिय मुक्ति पार्टी भने सदनमा छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?