+
+
Shares

पर्सामा पर्‍यो पानी, रमाए किसान

लामो समयदेखि खडेरीले धाँजा फाटेका खेतहरुमा पनि पानी सङ्कलन हुन थालेका छन् । वीरगञ्ज महानगर–२६ का कृषक रामजीवन साहले अकाशेपानी पर्न थालेसँगै धानको रोपो पनि हरियाली हुन थालेको बताए ।

रासस रासस
२०८२ साउन २८ गते १९:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पर्सामा लामो समयको खडेरीपछि मङ्गलबारदेखि परेको वर्षाले कृषकलाई राहत महसुस भएको छ।
  • वीरगञ्ज महानगर–२६ का कृषक रामजीवन साहले अकाशेपानीपछि धानको रोपो हरियाली हुन थालेको बताए।
  • मौसम फिल्ड कार्यालय सिमराका सहायक मौसमविद् लक्ष्मण कँडेलले तीन दिनसम्म मधेश प्रदेशमा वर्षा हुने पूर्वानुमान रहेको खुलाउनुभयो।

२८ साउन, वीरगञ्ज। पर्सामा सुक्खाग्रस्त भएर सङ्कट भोगिरहेका कृषकले मङ्गलबारदेखि परेको बर्सातले राहतको महसुस गरेका छन् ।

लामो समयदेखि खडेरीले धाँजा फाटेका खेतहरुमा पनि पानी सङ्कलन हुन थालेका छन् । वीरगञ्ज महानगर–२६ का कृषक रामजीवन साहले अकाशेपानी पर्न थालेसँगै धानको रोपो पनि हरियाली हुन थालेको बताए ।

‘पर्साको बजार क्षेत्रमा यसअघि खासै ठूलो पानी पर्न सकिरहेको थिएन्’, उनले भने, ‘मङ्गलबार दिउँसो बुधबार बिहान पानी परेसँगै कृषकलाई थोरै हदसम्म भए पनि राहतको महसुस गरेका छन्।’

उनले अकाशेपानी पर्न थालेसँगै धाँजा फाटेका रोपोमा पनि विस्तारै हरियाली हुन थालेको बताए । मौसम फिल्ड कार्यालय सिमराका सहायक मौसमविद् लक्ष्मण कँडेलले मङ्गलबार बिहान ८:४५ बजेदेखि बुधबार बिहान ८:४५ बजेसम्म वीरगञ्ज बजार क्षेत्रमा ४९ मिलिमिटर वर्षा भएको जानकारी दिए ।

‘हिजो र आज बिहान वीरगञ्जको बजार क्षेत्रमा मध्यम खालको वर्षा भएको छ’, उनले भने, ‘बजार क्षेत्रमा जस्तो ग्रामीण क्षेत्रमा भने त्यति धेरै पानी परेको छैन।’

उनले मधेश प्रदेशका अझै तीन दिनसम्म वर्षा हुने पूर्वानुमान रहेको बताए । यद्यपि बारामा नौ दशमलव दुई मिलिमिटर वर्षा भएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?