+
+
Shares

दयाहाङ-रिश्मा अभिनित फिल्म ‘रिमै’को शीर्ष गीत सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २८ गते १९:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'रिमै'को शीर्ष गीत सार्वजनिक भएको छ जसमा दयाहाङ राई, रिश्मा गुरुङ, अर्पण थापा र गौमाया गुरुङ फिचर्ड छन्।
  • गीतमा दीपक शर्माको संगीत र शब्द छन् भने रीता केसी र अंशु लामाको स्वर छ।
  • फिल्म गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्स् प्रालीको प्रस्तुतीमा निर्माण भएको छ र पटकथा उपेन्द्र सुब्बाले लेखेका छन्।

काठमाडौं । खिलबहादुर गुरुङ निर्देशित फिल्म ‘रिमै’को शीर्ष गीत सार्वजनिक भएको छ । गीतमा कलाकारहरू दयाहाङ राई, रिश्मा गुरुङ, अर्पण थापा र गौमाया गुरुङ फिचर्ड छन् ।

गीतमा दीपक शर्माको संगीत र शब्द छन् । रीता केसी र अंशु लामाको स्वर छ । गुरुङ परिवेशमा बनेको गीतको अडियो तथा भिडियोले दर्शकलाई उत्साहित बनाउने देखिन्छ ।

लामो समयपछि यो फिल्ममा दयाहाङ र रिश्माको सहकार्य छ । यी दुईले ‘कबड्डी’का सुरुवाती श्रृंखलामा जोडी बाँधेका थिए ।

गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्स् प्रालीको प्रस्तुती र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको फिल्मको पटकथा उपेन्द्र सुब्बाले लेखेका हुन् । वीरवल घले कार्यकारी निर्माता रहेको फिल्ममा टीका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्माताको रुपमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?