+
+
Shares

दयाहाङ-रिश्मा अभिनित ‘रिमै’को प्रिमियर (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १८ गते १९:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘रिमै’लाई न्यूरोडस्थित रञ्जना सिनेप्लेक्समा बुधबार अपरान्ह भव्य प्रिमियर गरिएको छ।
  • फिल्ममा दयाहाङ राई, रिश्मा गुरुङ लगायत कलाकारहरूको अभिनय रहेको छ।
  • ‘रिमै’ शुक्रबारदेखि प्रदर्शन तयारीमा छ र निर्देशक खिलबहादुर गुरुङ हुन्।

काठमाडौं । प्रदर्शन तयारीमा रहेको फिल्म ‘रिमै’लाई भव्य प्रिमियर गरिएको छ । न्यूरोडस्थित रञ्जना सिनेप्लेक्समा बुधबार अपरान्ह आयोजित प्रिमियरमा गुरुङ समुदायको सांस्कृतिक झाँकी समेत प्रस्तुत गरियो ।

अभिनेता दयाहाङ राई र अभिनेत्री रिश्मा गुरुङको वेभभुषामा देखिए । अन्य कलाकार, निर्माता र सेलिब्रेटी पनि सो अवसरमा उपस्थित थिए ।

खिलबहादुर गुरुङ निर्देशित फिल्म गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्रालीको प्रस्तुति र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो ।

फिल्ममा दयाहाङ र रिश्मासहित अर्पण थापा, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिबी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको पनि अभिनय छ ।

उपेन्द्र सुब्बाको पटकथा लेखन रहेको फिल्मलाई शैलेन्द्रध्वज कार्कीले खिचेका हुन् । वीरवल घले कार्यकारी निर्माता रहेको फिल्ममा टीका गुरुङ, जितयात्री गुरुङ र दुनबहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह-निर्मातामा छन् ।

‘रिमै’ शुक्रबारदेखि प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?