+
+
Shares

दयाहाङलाई लिएर फिल्म ‘बुकी फूल’ बन्ने, मोडल संस्कृतिले डेब्यू गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २३ गते १६:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेता दयाहाङ राईलाई मुख्य भूमिकामा लिएर अभियान फिल्म प्रोडक्सनले फिल्म 'बुकी फूल' निर्माण गर्ने घोषणा गरेको छ।
  • फिल्मको कथा माघे संक्रान्तिमा सिक्लेस गाउँको मौदु क्यू फुइ जात्रामा आधारित हुनेछ र भदौदेखि माघसम्म छायांकन हुनेछ।
  • लेखन वेदबहादुर गुरुङले गरेका छन् र निर्देशन ओमप्रकाश गुरुङले गर्नेछन्, फिल्म २०८३ साल बैशाखमा रिलिज हुने जनाइएको छ।

काठमाडौं । अभिनेता दयाहाङ राईलाई शीर्ष भूमिकामा लिएर फिल्म ‘बुकी फूल’ निर्माण हुने भएको छ । निर्माताले शुक्रबार विज्ञप्ति जारी गर्दै फिल्म निर्माणको घोषणा गरेका हुन् ।

पृथक प्रेमकथामा आधारित हुने बताइएको यो फिल्मलाई अभियान फिल्म प्रोडक्सनले आफ्नो ब्यानरमा निर्माण गर्दैछ । लेखन वेदबहादुर गुरुङ र निर्देशन ओमप्रकाश गुरुङले गर्ने भएका छन् ।

फिल्ममा संस्कृति गुरुङले दयाहाङसँग अनस्क्रिन रोमान्स गर्नेछिन् । यो फिल्म उनको डेब्यु हुनेछ । अन्य कलाकारमा राजेश गुरुङ, प्रेम पुन, लालशोभा गुरुङ, प्रकाश घिमिरे, पुष्कर गुरुङ अनुबन्धित छन् ।

फिल्मलाई कास्कीको पर्यटकीय गाउँ सिक्लेस र कोरी क्षेत्रमा छायांकन गरिने भएको छ । छायांकन भदौदेखि माघ महिनासम्म चल्नेछ । २०८३ सालको बैशाखमा फिल्म रिलिज हुने जनाइएको छ ।

माघे संक्रान्तिमा सिक्लेस गाउँको ‘मौदु क्यू फुइ’ चोखो पानीमा स्नान गरेर तीर्थ गर्ने र दिउँसो छेलो फाल्ने प्रतियोगिताको जात्राको सन्दर्भमा फिल्मको कथावस्तु आधारित हुनेछ ।

भाद्र पूर्णिमामा दूधपोखरीमा नुहाउन तीर्थ जाने एतिहासिक परम्परा र आस्थामा आधारित सामाजिक पृष्ठभूमिमा फिल्मको परिकल्पना गरिएको पटकथा लेखक बेद गुरुङले बताए ।

गण्डकी प्रदेश सभाका सदस्य समेत रहेका बेदबहादुर गुरुङ फिल्म एसोसिएसन (जिफान)का पूर्वअध्यक्ष समेत हुन् । उनी मादी गाउँपालिकाका पूर्वअध्यक्ष पनि हुन् । लोकेसन हेर्ने काम सकिएको उनले बताए ।

झण्डै १० वर्षपछि बेदबहादुर फिल्ममा फर्किएका हुन् । ‘नेपाली दर्शकलाई मौलिक रैथाने स्वादका साथ स्वस्थ मनोरञ्जन प्रदान गर्न बुकी फूल को प्रयास रहने छ’ उनले भने, ‘यसले सिक्लेस गाउँको इतिहास र संस्कृतिलाई उजागर गर्न र यो क्षेत्रको पर्यटन प्रवर्धन गर्नमा सकारात्मक प्रभाव पार्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?