
News Summary
Generated by OK AI. Editorially reviewed.- दयाहाङ राईलाई मुख्य भूमिकामा लिएर ‘मिरमिरे’ नामक सोसल ड्रामा फिल्म निर्माण हुँदैछ।
- निर्देशक यम शेर्पाले यसअघि ‘कार्साङ’ निर्देशन गरेका थिए र यस पटक पनि कथावस्तु मनोविज्ञान र ग्रामीण परिवेशमा आधारित छ।
- फिल्म २०८२ सालभित्र प्रदर्शनमा आउने तयारी भइरहेको छ।
काठमाडौं । दयाहाङ राईलाई शीर्ष भूमिकामा लिएर फिल्म ‘मिरमिरे’मा निर्माण हुने भएको छ । राईको अघिल्लो फिल्म ‘कार्साङ’ फेम्ड यम शेर्पाले यो सोसल ड्रामालाई निर्देशन गर्नेछन् ।
‘हामीले अहिलेका पहिलो रोजाइका अभिनेतालाई मिरमिरेमा अनुबन्ध गरेका छौँ । यो हाम्रो दोस्रो सहकार्य हो’ निर्देशक शेर्पाले भने, ‘स्टोरी पिच गर्दा मन परेपछि हाम्रो सहकार्य सम्भव भएको हो । अर्को सोसल ड्रामा लिएर हामी आउँदै छौँ ।’
अन्य अभिनय कलाकारबारे खुलाइएको छैन ।
यार्सा फिल्म्सको प्रस्तुति रहने फिल्मले ग्रामीण परिवेशको कथा भन्नेछ । निर्देशकले यसअघि थिम पोस्टर सार्वजनिक गर्दै कथावस्तु मनोविज्ञान र सेटिङबारे जानकारी दिइसकेका छन् । फिल्मको पटकथा पनि शेर्पाकै हुनेछ ।
निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा निर्माता रहेको फिल्मको सहनिर्मातामा गोविन्द बोहरा र ईश्वर श्रेष्ठ छन् । कार्यकारी निर्मातामा रोहित कट्टेल छन् ।
यो फिल्म २०८२ सालभित्र प्रदर्शन तयारी छ ।
प्रतिक्रिया 4