
News Summary
Generated by OK AI. Editorially reviewed.- खिलबहादुर गुरुङ निर्देशित फिल्म ‘रिमै’को ट्रेलर सार्वजनिक गरिएको छ।
- ट्रेलरले गाउँले जीवन, प्रेम, संघर्ष र सामाजिक यथार्थलाई चित्रण गरेको छ।
- फिल्ममा दयाहाङ राई, अर्पण थापा, रिश्मा गुरुङ लगायत कलाकारको अभिनय छ।
काठमाडौं । खिलबहादुर गुरुङ निर्देशित फिल्म ‘रिमै’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरले गाउँले जीवन, प्रेम, संघर्ष र सामाजिक यथार्थलाई चित्रण गरेको छ ।
तीन मिनेट लामो ट्रेलरमा दयाहाङ राईलाई ग्रामीण परिवेशमा देखाइएको छ, जहाँ उनी आफ्नो प्रेम र परिवारबीचको संघर्षसँग जुधिरहेका छन् । रिश्मा गुरुङसँगको उनको रसायनले ट्रेलरलाई भावुक बनाएको छ भने अर्पण थापा र गौमाया गुरुङको भूमिकाले कथालाई अझ रोचक बनाएको छ ।
निर्देशक गुरुङले फिल्ममा परम्परा, संस्कार र आधुनिक जीवनशैलीबीचको टकरावलाई प्रस्तुत गरेका छन् । संवाद, छायांकन र ब्याग्राउण्ड म्युजिकले दर्शकलाई गाउँले परिवेशमा तानेको छ ।
गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्रालीको प्रस्तुति र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको फिल्ममा दयाहाङ राई, अर्पण थापा, रिश्मा गुरुङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगरको अभिनय छ ।
उपेन्द्र सुब्बाको पटकथा लेखन रहेको फिल्मलाई शैलेन्द्रध्वज कार्कीले खिचेका हुन् । वीरवल घले कार्यकारी निर्माता रहेको फिल्ममा टीका गुरुङ, जित यात्री गुरुङ र दुनबहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह-निर्मातामा छन् ।
प्रतिक्रिया 4