
News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेता दयाहाङ राईले आगामी फिल्म ‘मिरमिरे’को छायांकन काभ्रे र मकवानपुरमा एक महिना लगाएर सकाएका छन्।
- निर्देशक याम शेर्पाले भने, ‘अब एउटा गीतको छायांकन गर्न बाँकी छ, समय मिलाएर खिच्नेछौं’।
- फिल्मको प्रदर्शन माघ १ गते तय गरिएको छ र यार्सा फिल्म्सको प्रस्तुति रहेको छ।
काठमाडौं । अभिनेता दयाहाङ राईले आगामी फिल्म ‘मिरमिरे’को छायांकन सकेका छन् । एक महिना लगाएर फिल्मको छायांकन सकिएको हो ।
याम शेर्पा निर्देशित यो फिल्मको छायांकन काभ्रे र मकवानपुरमा गरियो । ‘अब एउटा गीतको छायांकन गर्न बाँकी छ । समय मिलाएर खिच्नेछौं’ शेर्पाले अनलाइनखबरसँग भने ।
फिल्मको प्रदर्शन माघ १ गतेलाई तय छ । अभिनेत्री सिर्जना निङलेखुको जन्मदिनको अवसर पारेर यसअघि प्रदर्शन मिति घोषणा गरिएको थियो ।
यार्सा फिल्म्सको प्रस्तुति रहेको फिल्मको शीर्ष भूमिकामा अभिनेता राईसहित प्रकाश सपूत र निङलेखु छन् । अन्य कलाकारमा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटालगायत छन् ।
बालकलाकारमा साइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन् ।
निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको फिल्मको सह–निर्मातामा गोविन्द बोहरा, सुदीप कुँवर छन् ।
देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्स्ले लिएको छ ।
प्रतिक्रिया 4