+
+
Shares

दरमखोला हाइड्रोपावरको आईपीओ बाँडफाँट, ८९.४ प्रतिशतको हात रित्तो

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २९ गते १२:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दरमखोला हाइड्रोपावरको आईपीओमा २२ लाख ९६ हजार ४६५ आवेदकले आवेदन दिएका थिए र २ लाख ४२ हजार ३१८ जनाले सेयर पाएका छन्।
  • कम्पनीले बागलुङको गलकोटमा ९.६ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरेको छ जसको कुल लागत २ अर्ब ३८ करोड अनुमान गरिएको छ।
  • अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ ९७ रुपैयाँ ३९ पैसा र प्रतिसेयर आम्दानी ३८ पैसा ऋणात्मक छ।

२९ साउन, काठमाडौं । दरमखोला हाइड्रो इनर्जीको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ ।

१५ साउनदेखि सर्वसाधारणलाई खुलेको आईपीओ आज बिक्री प्रवन्धक लक्ष्मी सनराइज क्यापिटलले बाँडफाँट गरेको हो । सर्वसाधारणलाई कुल २४ लाख २३ हजार १८५ कित्ता सेयर निष्कासन गरिएको थियो ।

सो सेयरमा कुल २२ लाख ९६ हजार ४६५ आवेदकले आवेदन दिएका थिए । तीमध्ये १३ हजार २३९ आवेदन रद्द भएका थिए । २२ लाख ८३ हजार २२६ आवेदन स्वीकृत भएका थिए ।

यी आवेदकमध्ये २ लाख ४२ हजार ३१८ जनाले सेयर पाएका छन् । सेयर पाएका यीमध्ये ५ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले पाएका हुन् । स्वीकृत आवेदनमा सेयर पाउनेको संख्या १०.६ प्रतिशत हो । बाँकी करिब ८९.४ प्रतिशतको हात रित्तो भएको छ । नतिजा आईपीओ रिजल्ट डट् सीडीएससी डट् कम डट् एनपीमा हेर्न सकिन्छ ।

अपरिस्कृत वित्तीय विवरणअनुसार गत चैत मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ ९७ रुपैयाँ ३९ पैसा छ भने प्रतिसेयर आम्दानी ३८ पैसा ऋणात्मक छ ।

कम्पनीले बागलुङको गलकोटमा ९.६ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरेको छ । आयोजनाको कुल लागत २ अर्ब ३८ करोड अनुमान गरिएको छ । प्रतिमेगावाट लागत २४ करोड ७९ लाख रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?