
News Summary
Generated by OK AI. Editorially reviewed.- वाणिज्य विभागले ललितपुरका २ उद्योगलाई एमआरपी नलगाई कारोबार गरेको कारण २ लाख ५१ हजार रुपैयाँ जरिबाना तिराएको छ।
- डीएमएस इन्टरप्राइजेज प्रालिलाई २ लाख १ हजार र स्तुपा फर्निसिङ प्रालिलाई ५१ हजार रुपैयाँ जरिबाना तिराइएको विभागले बताएको छ।
- विभागले ६ कम्पनीलाई आवश्यक कागजात लिएर ३ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ भने ४ कम्पनीलाई सामान्य निर्देशन दिएको छ।
२९ साउन, काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुरका २ उद्योग तथा फर्मलाई २ लाख ५१ हजार रुपैयाँ जरिबाना तिराएको छ ।
विभागले बुधबार गरेको अनुगमनमा ललितपुर महानगरपालिका– १९ मा रहेको डीएमएस इन्टरप्राइजेज प्रालिलाई २ लाख १ हजार जरिबाना तिराएको छ । यस्तै ललितपुर महानगरपालिका–२० मा रहेको स्तुपा फर्निसिङ प्रालिलाई ५१ हजार रुपैयाँ जरिबाना तिराएको हो ।
जरिबाना तिराइएका उद्योग तथा फर्मले उत्पादनमा एमआरपी नलगाई कारोबार गरेपछि उक्त जरिबाना तिराइएको विभागको भनाइ छ ।
यस्तै विभागले ६ वटा कम्पनीलाई आवश्यक कागजात लिएर ३ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ भने ४ वटा कम्पनीलाई भने सामान्य निर्देशन दिएको छ ।
विभागले बुधबार १२ वटा उद्योग तथा अनुगमन गरेको थियो ।
प्रतिक्रिया 4