
News Summary
Generated by OK AI. Editorially reviewed.- भारतको जम्मू कश्मिरको किश्तवाडमा बादल फाटेर आरीघोप्टे वर्षा हुँदा कम्तिमा १२ जनाको मृत्यु भएको छ।
- संघीयमन्त्री जितेन्द्र सिंहले चोसिटी क्षेत्रमा भएको बादल फाट्ने घटनाले ठूलो क्षति गराउन सक्ने चेतावनी दिनुभएको छ।
- उप–राज्यपाल कार्यालयले सामाजिक सञ्जाल एक्समा घटनाको पुष्टि गर्दै प्रशासन र उद्धार टोली सक्रिय भएको जनाएको छ।
२९ साउन, काठमाडौं । भारतको जम्मू कश्मिरमा बादल फाटेर आरीघोप्टे वर्षा (क्षणभरैमा हुने ठूलो वर्षा वा क्लाउडबर्स्ट) हुँदा कम्तिमा १२ जनाको मृत्यु भएको छ ।
जम्मू कश्मिरको किश्तवाडको चाशोटी भन्ने स्थानमा बादल फाटेर आरीघोप्टे वर्षा भएको इन्डिया टूडेले जनाएको छ ।
बादल फाट्ने घटना किश्तवाडको हिमालय क्षेत्रमा तिर्थालुहरू माता चण्डीको मन्दिरतर्फ जाने मार्गको प्रस्थानविन्दुमा भएको हो । घटनामा ठूलो क्षति भएको आशंका गरिएको छ ।
संघीयमन्त्री जितेन्द्र सिंहले श्राइन नजिकको चोसिटी क्षेत्रमा भएको बादल फाट्ने घटनाले ठूलो क्षति गराउन सक्ने चेतावनी दिएका छन् । प्रशासन तत्कालै सक्रिय भएको र उद्धार टोलीहरूलाई घटनास्थलतर्फ खटाइएको उनले बताएका छन् ।
जम्मू कश्मिरका उप–राज्यपाल कार्यालयले पनि सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै घटनाको पुष्टि गरेको छ ।
प्रतिक्रिया 4