+
+
Shares

प्रधानसेनापति भन्छन्- द्रूतमार्गको काम समयमै सक्ने कुरामा प्रतिबद्ध छौं

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २९ गते १५:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानसेनापति अशोकराज सिग्देलले काठमाडौं–तराई/मधेश द्रूतमार्गको काम ०८३ को चैत्र अन्तिमसम्म सक्ने प्रतिबद्धता जनाएका छन्।
  • उनले अहिले करिब ४३ प्रतिशत काम सकिएको र बाँकी काम छिटो सकिने खालका रहेको पनि बताए।
  • सिग्देलले फास्ट ट्रयाक बाहेकका योजनाहरू खोकनामा नआउने विश्वास व्यक्त गरे।

२९ साउन, काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले काठमाडौं–तराई/मधेश द्रूतमार्गको काम समयमै सक्ने प्रतिबद्धता जनाएका छन् ।

बिहीबार सिंहदरबारमा रक्षा मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवको आयोजनाहरूको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानको लागि भएका प्रयासबारे संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिमा छलफल भएको हो ।

जसमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले नेपाली सेनाले समयमै काम सम्पन्न गर्छ भन्ने विश्वासका साथ बस्न आग्रह गरे ।

‘हाम्रो भनाइ र सोचाइ काम समयमा सक्नुपर्छ भन्ने हो । ०८३ को चैत्र अन्तिमसम्म सक्नुपर्ने दायित्व छ । त्यसमा हामी प्रतिबद्ध छौं । अहिले करिब करिब ४३ प्रतिशत काम सकिसकेको छ । अब हुने काम छिटो सकिने खालका छन्,’ उनले भने ।

२०८३ को चैतसम्म सक्नुपर्ने दायित्व रहेको र अझै पनि काम सक्ने विश्वास रहेको उनले बताए । अब बनाउनुपर्ने कामहरु छिटो सकिने किसिमका रहेकाले द्रूत गतिमा काम अघि बढ्ने उनले बताए ।

‘धेरै जसो समय ईआईए गठन, टेण्डरको सम्झौतासम्मको समयमा धेरै समय गएको छ । समस्या समाधानहरू हुने हो भने काम नसकिने भन्ने होइन । अब रफ्तार लिनसक्छ,’ प्रधानसेनापति सिग्देलले भनेका छन् ।

प्रधानसेनापति सिग्देलले फास्ट ट्रयाक बाहेकका अन्य योजनाहरू खोकनामा नआउने ग्यारेन्टी भए धेरै बाधा स्थानीयहरूबाट नहुने पनि बताए ।

‘काम धेरै सहज खालका छन् । नेपाली सेनाले समयमा काम सक्छ भनेर मानिदिनुहुन आग्रह छ । त्यसैअनुसार हामी काम गर्दछौं । खोकना प्रस्थान बिन्दु पनि हो । ६.५ किलोमिटरसम्म लम्बाइ छ,’ उनले भने, ‘ऐतिहासिक र धार्मिक हिसाबले महत्त्वपूर्ण ठाउँ छ । सिकाली मन्दिर क्षेत्र र दाहसंस्कार गरिसकेपछि किरियापुत्री बस्ने ठाउँहरू छन् । त्यसलाई छोडेर नै नयाँ डीपीआर तयार पारेका छौं ।’

अहिले बनेका संरचनाले धेरै हदसम्म प्राकृतिक विपद्बाट सुरक्षित रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?