+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
५४ बलमा १०० रन आवश्यक
चितवन राइनोज 2025
70/4 (10.6)
Shares

भरत ताल निर्माणमा दोषी ठहर गर्दै बागमतीका मेयर थापालाई ८ वर्ष कैद र १० करोड जरिबाना

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २९ गते १९:०९
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विशेष अदालतले सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापालाई भ्रष्टाचार गरेको ठहर गर्दै ८ वर्ष कैद र १० करोड रुपैयाँ जरिवाना निर्धारण गरेको छ।
  • विशेष अदालतले थापा, विमलकुमार पोखरेल र सागर पौडेललाई नदीजन्य पदार्थमा हानी नोक्सानी गरेको ठहर गर्दै ८ वर्ष कैद र जनही १० करोड जरिवाना निर्धारण गरेको छ।
  • तीनै प्रतिवादीहरूले जनही ४० लाख ३९ हजार १३१ रुपैयाँ पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क दाखिला गर्नुपर्ने अदालतले आदेश दिएको छ।

२९ साउन, काठमाडौं । विशेष अदालतले सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापाले भरत ताल निर्माणका क्रममा भ्रष्टाचार गरेको ठहर गर्दै ८ वर्ष कैद र १० करोड रुपैयाँ जरिबानाको निर्धारण गरेको छ ।

२१ साउनमा विशेष अदालतले प्रतिवादीहरू थापा, विमलकुमार पोखरेल र सागर पौडेलले नदीजन्य पदार्थमा हानी नोक्सानी गरेको ठहर गरेको थियो ।

विशेष अदालतले बिहीबार थापा, पोखरेल र पौडेललाई ८ वर्ष कैद र जनही १० करोड जरिबाना निर्धारण गरेको हो।

अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ को उपदफा (३) बमोजिम तीनै जना प्रतिवादीहरूले जनही ४० लाख ३९ हजार १३१ रुपैयाँ क्षतिपूर्ति शुल्क पीडित राहत कोषमा दाखिला गर्नुपर्ने भनिएको छ ।

हेर्नुहोस् फैसला :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?