+
+
Shares

वाणिज्य बैंकहरूको लाभांश दिने क्षमता ३८ प्रतिशतसम्म, कुनको कति ?

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ३० गते १२:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सूचीकृत १९ वाणिज्य बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन्।
  • नेपाल, कुमारी, एनआईसी एसिया र हिमालयन बैंकले यस वर्ष लाभांश दिन नसक्ने अवस्थामा छन्।
  • औसतमा १९ वाणिज्य बैंकले ११ प्रतिशत लाभांश दिने क्षमता बनाएका छन् र एभरेस्ट बैंकले ३८ प्रतिशत लाभांश दिने क्षमता बनाएको छ।

३० साउन, काठमाडौं । सूचीकृत १९ वटै वाणिज्य बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

सार्वजनिक वित्तीय विवरणका आधारमा सेयर लगानीकर्ताले आफूले पाउने लाभांश अनुमान गर्न सहज हुन्छ । अपरिस्कृत वित्तीय विवरणका आधारमा यो वर्ष पनि ४ बैंक लाभांश दिन नसक्ने स्थितिमा छन् ।

नेपाल, कुमारी, एनआईसी एसिया र हिमालयन बैंक यो पटक लाभांश दिन नसक्ने अवस्थामा छन् । नेपाल इन्भेस्टमेन्ट मेगाको लाभांश क्षमता धनात्मक मात्रै रहेकाले सो बैंकले पनि नदिने सम्भावना उच्च छ ।

औसतमा सूचीकृत १९ वाणिज्य बैंकले दिन सक्ने लाभांश क्षमता ११ प्रतिशत छ । ११ बैंकले यो पटक दोहोरो अंकको लाभांश दिने क्षमता बनाएका छन् । कर्जा अशुलीमा बैंकहरु सफल भएसँगै यो पटक लाभांश क्षमता बढेको छ । एभरेस्टले सबैभन्दा धेरै ३८ प्रतिशत लाभांश दिने क्षमता बनाएको छ ।

कतिपय बैंकको नाफा उच्च देखिए पनि लाभांश क्षमता कमजोर छ । प्राप्त भइनसकेको आम्दानी पनि नाफामा देखिने तर वितरणयोग्य नहुने भएकाले नाफा उच्च भए पनि लाभांश क्षमता नहुने गरेको छ । सेयर लगानीकर्ताका लागि कम्पनीको नाफाभन्दा वितरणयोग्य नाफा महत्त्वपूर्ण हुन्छ ।

आर्थिक वर्ष सकिएको तीन महिनाभित्र वाह्य लेखापरीक्षण गर्नुपर्ने व्यवस्था छ । वित्तीय विवरणको वाह्य लेखापरीक्षण गरिसकेपछि अपरिस्कृत अहिलेको नाफा, लाभांश क्षमता लगायत धेरै सूचक हेरफेर हुन सक्नेछन् । वास्तविक लेखापरीक्षण सकिएपछि बैंकका सञ्चालक समितिले औपचारिक बैठकमार्फत सेयरधनीलाई क्षमताका आधारमा धमाधम लाभांश घोषणा गर्नेछन् ।

घोषित लाभांश नगद वा बोनस सेयरका रुपमा हुन सक्नेछ । वाणिज्य बैंकहरुले पुस मसान्तभित्र साधारणसभा गरी घोषित लाभांश पारित गर्दछन् । आर्थिक वर्ष सकिएको ६ महिनाभित्र साधारणसभा गरिसक्नुपर्ने व्यवस्था छ ।

साधारणसभाबाट लाभांश पारित गरेपछि मात्रै लगानीकर्ताले बोनस सेयर डिम्याट खातामा र नगद लाभांश बैंक खातामा पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?