+
+
Shares

भारतीय प्रधानमन्त्री मोदीको पाकिस्तान लक्षित अभिव्यक्ति : रगत र पानी सँगै बग्न सक्दैनन्

प्रधानमन्त्री मोदीले अब लडाकु विमानका जेट इन्जिनहरू अब भारतमै बन्नुपर्ने बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ३० गते १३:०४
Photo Credit : DDNEWS

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत अब कुनै पनि परमाणु धम्की र ब्ल्याकमेलिङ नस्वीकार्ने बताएका छन् ।

७९औं स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री मोदीले लाल किल्लाबाट देशवासीलाई सम्बोधन गर्दै पाकिस्तान लक्षित अभिव्यक्ति दिए । उनले पाकिस्तान, ‘अपरेसन सिन्दूर’, स्पेस स्टेशन, आत्मनिर्भर भारत लगायत धेरै विषयहरू उठाए ।

उनीले सिन्धु नदी जलसम्झौता र किसानहरूको अधिकारको कुरा पनि गरे ।

‘भारतले निर्णय गरिसकेको छ। रगत र पानी सँगै बग्न सक्दैनन् । भारतीय नदीहरूको पानीले शत्रुका खेतहरूमा सिंचाइ भइरहेको छ । भारतले आफ्नो हकको पानी अवश्य पाउनेछ । सिन्धु जल सम्झौता एकतर्फी र अन्यायपूर्ण थियो। राष्ट्रहितमा यस्तो सम्झौता स्वीकार्य छैन ।’

लाल किल्लाबाट अप्रत्यक्ष र प्रत्यक्ष रूपमा धेरै सन्देशहरू दिए।

‘पहलगाममा सीमापारबाट आएका आतंककारीहरूले जसरी हत्याकाण्ड गरे । धर्म सोधेर मानिस मारिए । श्रीमतीको अगाडि पतिको हत्या, छोराछोरीको अगाडि बाबुलाई गोली हानियो,’ उनले भने, ‘सारा भारत आक्रोशित छ । यस प्रकारको नरसंहारले विश्व नै चकित भएको थियो । अपरेसन सिन्दूर त्यसै आक्रोशको अभिव्यक्ति हो ।’

प्रधानमन्त्री मोदीले अब लडाकु विमानका जेट इन्जिनहरू अब भारतमै बन्नुपर्ने बताए ।

‘म युवा वैज्ञानिक, इन्जिनियर, प्रोफेसनल र सरकारी विभागहरूलाई आग्रह गर्छु – अब मेड इन इन्डिया जेट इन्जिन बनाऔं,’ उनले भने, ‘विकसित भारतको आधार भनेकै आत्मनिर्भर भारत हो। अत्यधिक परनिर्भरता स्वतन्त्रताको मूल्य नै घटाउँछ।’

प्रधानमन्त्री मोदीले १५ अगस्ट को दिनबाट प्रधानमन्त्री विकसित भारत रोजगार योजना सुरु गरिएको जानकारी दिए । यस योजनाअन्तर्गत निजी क्षेत्रबाट पहिलो रोजगार पाउने युवालाई १५ हजार रुपैयाँ सरकारको तर्फबाट दिइनेछ ।  रोजगारका नयाँ अवसर सिर्जना गर्ने कम्पनीहरूलाई प्रोत्साहन रकम दिइनेछ । करीब ३.५ करोड युवालाई रोजगारका नयाँ अवसर दिइने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?