+
+
Shares

‘थाइल्याण्डको यात्रा र २०२५ का शीर्ष थाई ब्रान्ड’ कार्यक्रम हुने

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ३० गते १५:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंस्थित थाई दूतावासले १३ देखि १५ भदौसम्म थाइल्याण्डको यात्रा र सन् २०२५ का शीर्ष थाई ब्रान्ड विषयमा कार्यक्रम आयोजना गर्ने भएको छ।
  • कार्यक्रम पुल्चोकस्थित द प्लाजामा निःशुल्क खुला रहनेछ र दर्शकले सांस्कृतिक प्रस्तुति, रैथाने खाना, मसाज र हस्तकला कार्यशाला अवलोकन गर्ने मौका पाउनेछन्।
  • कार्यक्रमको उद्देश्य थाइल्याण्ड र नेपालबीचको पारस्परिक समझदारी र सहकार्य प्रवर्धन गर्नु रहेको राजदूत सुवापोङ सिरिसोनेले जानकारी दिनुभयो।

काठमाडौं । काठमाडौंस्थित थाई दूतावासले ‘थाइल्याण्डको यात्रा र सन् २०२५ का शीर्ष थाई ब्रान्ड’ विषयमा कार्यक्रम गर्ने भएको छ ।

नयाँ दिल्लीस्थित थाई ट्रेड सेन्टरसँगको सहकार्यमा १३ देखि १५ भदौ (२९ देखि ३१ अगस्ट) सम्म पुल्चोकस्थित द प्लाजामा कार्यक्रम आयोजना हुन लागेको हो ।

शुक्रबार महाराजगञ्जस्थित थाई दूतावासमा आयोजित पत्रकार सम्मेलनमा राजदूत सुवापोङ सिरिसोनेले यसबारे जानकारी दिए ।

उद्घाटन समारोह २९ अगस्टमा दिउँसो २ः०० बजेदेखि २ः३० बजेसम्म हुनेछ । पहिलो दिनको कार्यक्रम दिउँसो २ः०० बजेदेखि ६ः०० बजेसम्म र त्यसपछिका दुई दिन बिहान १०ः०० बजेदेखि ६ः०० बजेसम्म सर्वसाधारणका लागि निःशुल्क खुला रहने उल्लेख छ ।

दर्शकले उक्त कार्यक्रममा थाइल्याण्डको समृद्ध सांस्कृतिक सम्पदा झल्काउने प्रस्तुति, रैथाने थाई खाना, उत्पादन, मसाज र हस्तकला कार्यशाला अवलोकन गर्ने मौका पाउनेछन् ।

कार्यक्रमले प्रसिद्ध थाई व्यवसाय, अस्पताल र विश्वविद्यालयका प्रतिनिधिहरूलाई भेट्ने अवसर पनि प्रदान गर्दछ । सहभागीलाई आकर्षक पुरस्कारसँगै थाइल्याण्डको राउन्ड-ट्रिप हवाई टिकट जित्ने अवसर प्राप्त हुने जनाइएको छ ।

रोयल थाई दूतावासका अनुसार कार्यक्रमको उद्देश्य थाइल्याण्ड र नेपाललाई नजिक ल्याउनु हो र दुई देशहरू बीचको पारस्परिक समझदारी र सहकार्यलाई प्रवर्धन गर्नु हो ।

गतवर्ष रोयल थाई दूतावासले काठमाडौंमा फिल्म फेस्टिभल आयोजना गरेको थियो । नेपाल र थाइल्यान्डबीच नोभेम्बर ३०, १९५९ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?