+
+
Shares

बीपी राजमार्गमा १५ भदौसम्म राति गाडी चलाउन रोक

कपिल कोइराला कपिल कोइराला
२०८२ साउन ३० गते १४:५७
फाइल तस्वीर

३० साउन, काभ्रेपलाञ्चोक ।  बीपी राजमार्गमा १५ भदौसम्म रातिको समयमा सवारीसाधन चलाउन रोक लगाइएको छ ।

काभ्रेपलाञ्चोक र सिन्धुली प्रशासनले बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै १५ भदौसम्म रातिको समयमा सवारीसाधन चलाउन रोक लगाएका हुन् ।

काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठका अनुसार १५ भदौसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म रातिको समयमा निजी तथा सार्वजनिक सवारीसाधन चलाउन रोक लगाउने निर्णय भएको छ ।

देशमा मनसुन सक्रिय अवस्थामा रहेको हुँदा कुनै पनि समयमा वर्षातका कारण विपद् (बाढी, पहिरो) को अवस्था सिर्जना हुन सक्ने भएकोले थप १५ दिन रातिको समयमा सवारीसाधन चलाउन रोक्ने निर्णय भएको उनले बताए ।

यसअघि स्थानीय प्रशासनले बाढिपहिरोको जोखिमलाई मध्यनजर गर्दै ७ असारदेखि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाउँदै आएको थियो ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?