
३० असार, काभ्रेपलाञ्चोक । बीपी राजमार्गको रोशी गाउँपालिका–९ पिन्थली र मंगलटार बिरुवाडाँडा र ९ र ११ वडाको सिमाना कालढुङ्गामा खहरे खोलाको लेदो आएर अवरुद्ध भएको सडक सञ्चालनमा आएको छ ।
आइतबार साँझ साढे ६ बजेदेखि आएको लेदो रातभर हटाएर बिहान ६ बजेदेखि सडक दुईतर्फी सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख सुनिल ध्वाजूले जानकारी दिए ।
बीपी राजमार्गकै पिन्थलीमा यसअघि पनि पटक-पटक सडक अवरुद्ध भएको थियो । गत असार १६ गते, असार २५ र २६ गते पनि पिन्थलीमा सडक अवरुद्ध भएको थियो भने असार २५ गते मंगलटारको बिरुवाडाँडामा सडक अवरुद्ध भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4