News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघले ५६औं स्थापना दिवसमा १०औं केटिएम फुटसल कप आयोजना गरेको छ।
- फुटसल कपको लिग चरणमा ८ टिम उपाधि भिडन्तका लागि छनोट भएका छन्।
- प्रतियोगिताको क्वाटरफाइनल, सेमीफाइनल र फाइनल साउन ३१ गते हुने आयोजकले जनाएको छ।
२९ साउन, काठमाडौं । नेपाल औंषधि तथा बिक्री प्रतिनिधि संघले ५६औं स्थापना दिवसको अवसरमा १०औं केटिएम फुटसल कप आयोजना गरेको छ ।
दुई दिनसम्म चल्ने फुटसल कपको आज काठमाडौंको चन्द्रागिरीस्थित मच्छे नारायण रिक्रिएसन सेन्टरमा सुरु भएको हो ।
प्रतियोगितामा एमआर रोयल्स, ग्यालेक्टिक्स, निभिक्स, एसियन, वेगा, बिवाईसी, थण्डर कृउ, एनालिया, क्वेष्ट, म्याग्नस सहित १० टिमको सहभागिता छ ।
खेलमा प्रथम र द्वितीय हुनेलाई क्रमश.. ३० हजार र २० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने नेपाल औंषधि तथा बिक्री प्रतिनिधि संघका अध्यक्ष तथा फुटसल कपको आयोजक कोषराज अवस्थीले जानकारी दिए।
उनले भने, ‘ हामीले ५६औं स्थापना दिवसको अवसरमा १०औं केटिएम फुटसल कप आयोजना गरेका हौं। प्रथम हुनेलाई पुरस्कारको व्यवस्था गरेका छौं।’
उनले अनुसार मैत्रीपूर्ण खेलले आपसमा मेलमिलाप, भाइचारा र स्वास्थ्यका लागि फाइजनक भएकाले कार्यक्रमको आयोजना गरिएको बताए ।
आज भएको लिग चरणको खेलमा ८ ओटा टिम उपाधि भिडन्तको लागि छनोट भएको छ ।
प्रतियोगिताको क्वाटरफाइनल, सेमीफाइनल र फाइनल खेल भने साउन ३१ गते शनिबार हुने आयोजकले जनाएको छ ।
प्रतिक्रिया 4