+
+
Shares

खेतमा लगाएको तारबारमा करेन्ट लागेर श्रीमान् श्रीमतीको मृत्यु 

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १ गते ८:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सप्तरीको कञ्चनरुप नगरपालिका–५ पिपराका ५० वर्षीय बद्रि सरदार र उनकी ४५ वर्षीया पत्नी विमला देवी सरदार करेन्ट लागेर मृत्यु भएका छन्।
  • शनिबार बिहान ८ बजे खेतबाट फर्कने क्रममा जंगली जानवरबाट धानबाली जोगाउन लगाइएको बारमा करेन्ट लागेर दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो।
  • ईलाका प्रहरी कार्यालय कञ्चनरुपले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

१ भदौ, जनकपुरधाम । सप्तरीमा करेन्ट लागेर श्रीमान श्रीमतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–५ पिपराका ५० वर्षीय बद्रि सरदार र उनकी ४५ वर्षीया पत्नी विमला देवी सरदार रहेका छन् ।

ईलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी प्रमुख डीएसपी माधव प्रसाद काफ्लेका अनुसार शनिबार ८ बजे आफ्नै खेतमा काम सकेर घर फर्कने क्रममा जंगली जानवरबाट धानबाली जोगाउन स्थानीय महेन्द्र सरदारले लगाएको बारमा करेन्ट लागेर दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो ।

घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?