+
+
Shares

रुपन्देहीमा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

साथीसँग कञ्चन खोलामा पौडी खेल्न गएका रुपन्देहीको कञ्चन-४ अस्नैयाका ६ वर्षीय शिशिर हिताङ्गको डुबेर मृत्यु भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १ गते १८:१५
प्रतीकात्मक तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रुपन्देहीको कञ्चन खोलामा पौडी खेल्न गएका ६ वर्षीय शिशिर हिताङ्ग डुबेर मृत्यु भएको छ।
  • प्रहरी निरीक्षक अनिस खड्काका अनुसार आइतबार दिउँसो ३:३० बजे डुबेपछि अस्पताल पुर्याए पनि मृत घोषणा गरिएको थियो।
  • मृतकको शव पोस्टमार्टमका लागि पिपरा अस्पतालमै राखिएको छ।

१ भदौ, बुटवल । रुपन्देहीमा खोलामा पौडी खेल्न गएका एक बालकको डुबेर मृत्यु भएको छ ।

साथीसँग कञ्चन खोलामा पौडी खेल्न गएका रुपन्देहीको कञ्चन-४ अस्नैयाका ६ वर्षीय शिशिर हिताङ्गको डुबेर मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय रुद्रपुरका प्रहरी निरीक्षक अनिस खड्काका अनुसार आइतबार दिउँसो करिब ३:३० बजेको समयमा साथीहरूसँगै पौडी खेल्नेक्रममा एक्कासि डुबेपछि उद्धार गरी कपिलवस्तु स्थित पिपरा अस्पताल पुराए पनि अस्पतालले मृत घोषणा गरेको थियो ।

मृतक बालकको शव पोस्टमार्टमका लागि पिपरा अस्पतालमै राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?