+
+
Shares

देशभरि भयो ९४ प्रतिशत बढी रोपाइँ

कृषि मन्त्रालयका अनुसार १ भदौसम्म ९४.१५ प्रतिशत धान रोपाइँ भएको हो । २ भदौ २०८१ मा भने ९८.४४ प्रतिशत रोपाइँ भएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १ गते १८:०८
फाइल तस्वीर

१ भदौ, काठमाडौं । मुलुकमा यसपालि १ भदौसम्म ९४ प्रतिशतभन्दा बढी धान रोपाइँ भएको छ । यो परिमाण गत वर्ष सोही अवधिको दाँजोमा ४ प्रतिशतभन्दा कम हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार १ भदौसम्म ९४.१५ प्रतिशत धान रोपाइँ भएको हो । २ भदौ २०८१ मा भने ९८.४४ प्रतिशत रोपाइँ भएको थियो ।

मन्त्रालयका अनुसार १३ लाख ७६ हजार ४ सय ६६ हेक्टर धान रोपाइँ हुने क्षेत्रफलमध्ये १ भदौसम्म १२ लाख ९५ हजार ८ सय ८७ हेक्टरमा धान रोपाइँ भएको छ ।

प्रदेशगत हेर्दा कोशीमा २५ साउनसम्म ९४.४२ प्रतिशत रोपाइँ भएको छ । कोशीमा धान रोपाइँ हुने २ लाख ७६ हजार ३ सय ८६ हेक्टर क्षेत्रफलमध्ये २ लाख ६० हजार ९ सय ६४ हेक्टरमा रोपाइँ सकिएको छ । यहाँ गएको वर्ष सोही अवधिमा ९९ प्रतिशत रोपाइँ भएको थियो ।

त्यसैगरी मधेश प्रदेशमा ३० साउनसम्म ८६.३५ प्रतिशत रोपाइँ भएको छ । मधेशमा धान रोपाइँ हुने ३ लाख ७० हजार १ सय ४५ हेक्टर क्षेत्रफलमध्ये ३ लाख १९ हजार ६ सय २६ हेक्टरमा रोपाइँ भएको हो । गत वर्ष सोही अवधिमा यहाँ ९७ प्रतिशत रोपाइँ भएको थियो ।

बागमती प्रदेशमा २५ साउनसम्म ९७.२७ प्रतिशत रोपाइँ सकिएको छ । बागमतीमा धान रोपाइँ हुने कुल १ लाख १५ हजार ६ सय २१ हेक्टर क्षेत्रफलमध्ये १ लाख १२ हजार ४ सय ५९ हेक्टरमा रोपाइँ सकिएको छ । गत वर्ष सोही अवधिमा ९९ प्रतिशत रोपाइँ भएको थियो ।

यस्तै गण्डकी प्रदेशमा १ भदौसम्म ९४.८३ प्रतिशत रोपाइँ सकिएको छ । गण्डकीमा धान रोपाइँ हुने ९४ हजार १ सय ८२ हेक्टर क्षेत्रफलमध्ये ८९ हजार ३ सय ११ हेक्टरमा रोपाइँ सकिएको छ । गण्डकीमा गत वर्ष सोही अवधिमा ९८ प्रतिशत रोपाइँ भएको थियो ।

लुम्बिनी प्रदेशमा २५ साउनसम्म ९८.०७ प्रतिशत धान रोपाइँ भएको छ । लुम्बिनीमा धान रोपाइँ हुने कुल ३ लाख २ हजार ९ सय ३९ हेक्टर क्षेत्रफलमध्ये २ लाख ९७ हजार १ सय ३ हेक्टरमा रोपाइँ सकिएको छ । गत वर्ष सोही अवधिमा ९८ प्रतिशत रोपाइँ भएको थियो ।

यसैगरी कर्णाली प्रदेशमा १ भदौसम्म ९९.३४ प्रतिशत रोपाइँ सकिएको छ । कर्णालीमा धान रोपाइँ हुने कुल ४१ हजार ४२ हेक्टर क्षेत्रफलमध्ये ४० हजार ७ सय ७० हेक्टरमा रोपाइँ भएको हो । गएको वर्ष सोही अवधिमा ९९ प्रतिशत रोपाइँ भएको थियो ।

त्यस्तै सुदूरपश्चिम प्रदेशमा १८ साउनसम्म ९९.७२ प्रतिशत रोपाइँ भएको छ । सुदूरपश्चिममा धान रोपाइँ हुने १ लाख ७६ हजार १ सय ५१ हेक्टर क्षेत्रफलमध्ये १ लाख ७५ हजार ६ सय ५२ हेक्टरमा रोपाइँ भएको हो । गत वर्ष सोही अवधिमा शतप्रतिशत रोपाइँ भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?