+
+
Shares

देशभरि ९१ प्रतिशत धान रोपाइँ

गत वर्ष यही अवधिमा ९८.१९ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । मधेस सुक्खाग्रस्त भई समयमै धान रोप्न नसकिएका कारण उत्पादन घट्ने अनुमान गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २६ गते १२:३४

२६ साउन, काठमाडौं । देशभरि हालसम्म ९१ प्रतिशत धान रोपाइँ भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार कुल १३ लाख ७८ हजार ९ सय ६६ हेक्टर क्षेत्रफलमध्ये २५ साउनसम्म १२ लाख ५४ हजार ८ सय ८६ हेक्टरमा रोपाइँ भएको हो ।

गत वर्षको तुलनामा झन्डै ७.१९ प्रतिशतले रोपाइँमा कमी आएको हो । प्रतिशतका हिसाबले सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ९९.७२ प्रतिशत रोपाइँ भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कर्णाली प्रदेशमा ९८.०४ प्रतिशत रोपाइँ भएको छ भने लुम्बिनी प्रदेशमा ९८.०७ प्रतिशत रोपाइँ भएको हो ।

यस्तै गण्डकी प्रदेशमा ९२.७७ प्रतिशत रोपाइँ हुँदा बागमती प्रदेशमा ९३.५६ प्रतिशत रोपाइँ भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी मधेस प्रदेशमा सबैभन्दा कम ७६.५४ प्रतिशत रोपाइँ भएको छ । कोशी प्रदेशमा ८०.३९ प्रतिशत रोपाइँ भएको छ ।

गत वर्ष यही अवधिमा ९८.१९ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । मधेस सुक्खाग्रस्त भई समयमै धान रोप्न नसकिएका कारण उत्पादन घट्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?