+
+
Shares

तोलामा ८ सय बढ्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २ गते १०:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला १ लाख ९६ हजार ३ सय रुपैयाँ तोकेको छ।
  • सुनको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला ८ सय रुपैयाँले बढेको छ।
  • चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेर २३१५ रुपैयाँ पुगेको छ।

२ भदौ, काठमाडौं । सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला १ लाख ९६ हजार ३ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि साउन २३ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको रेकर्ड छ ।

चाँदीको भाउ प्रतितोला ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २३१० रुपैयाँ रहेको चाँदी आज २३१५ रुपैयाँ कायम भएको छ । चाँदीको भाउ प्रतितोला २३५० रुपैयाँसम्म पुगेको रेकर्ड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?