+
+
Shares

सुकेको माछा किलोको ९१० रुपैयाँ

कालीमाटी तरकारी बजारमा आज सोमबार सुकेको माछा किलोको ९ सय १० रुपैयाँमा किनबेच भइरहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २ गते १३:४३

२ भदौ, काठमाडौं । स्थानीय बजारमा सुकेकाे माछाको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्याङ्क अनुसार सोमबार सुकेको माछाको मूल्य बढेको हो ।

समितिको तथ्यांक अनुसार आज सुकेको माछा किलोमा १० रुपैयाँ बढेको छ । हिजो आइतबार सुकेको माछा प्रतिकिलो औसतमा ९ सय रुपैयाँमा किनबेच भएको थियो । आज सोमबार भने प्रतिकिलो ९ सय १० रुपैयाँमा किनबेच भइरहेको छ ।

यस्तै कालीमाटी बजारमा रहु, बचुवा र छडी गरी ३ प्रकारका ताजा माछा पनि किन्न पाइन्छन् ।

रहु माछाको औसत मूल्य किलोको ३ सय २५ रुपैयाँ तोकिएको छ । यस्तै बचुवा माछाको मूल्य २ सय ७२ र छडी जातिका माछा २ सय ३० रुपैयाँमा किनबेच भइरहेको समितिको तथ्यांकले देखाउँछ ।

निकै स्वादिलो मानेर खाइने माछाका अनेक परिकार बनाउन सकिन्छ । माछालाई तारेर, उसिनेर, झोल हालेर, साँधेर पनि बनाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?