+
+
Shares

कोरियामा कोमामा रहेका कमलको मृत्यु

उपचारमा लागेको खर्च तिर्न सक्‍ने अवस्थामा छैन परिवार

कोरियाको बुसानस्थित अस्पतालमा कोमामा अचेत अवस्थामा रहेका चौधरीको निधन भएको उनका सालो पुरूषोत्तम चौधरीले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २ गते १४:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दक्षिण कोरियामा कोमा अवस्थामा रहेका उदयपुर चौदण्डीगढी-५ का कमल चौधरीको निधन भएको छ।
  • कमल चौधरी एक महिनाअघि काम छोडेर सेल्टरमा बस्दा बेहोस भएका थिए र अस्पतालमा टाउकोमा रगत जमेको देखिएको थियो।
  • उनको उपचारमा १६ लाख रूपैयाँभन्दा बढी खर्च लाग्ने देखिएको छ, जुन परिवारले तिर्न सक्ने अवस्था छैन।

२ भदौ, काठमाडौं । दक्षिण कोरियामा कोमा रहेका उदयपुरको चौदण्डीगढी-५ बेल्हा निवासी कमल चौधरीको निधन भएको छ । विगत डेढ महिनादेखि कोरियाको बुसानस्थित अस्पतालमा कोमामा अचेत अवस्थामा रहेका चौधरीको निधन भएको हो ।

एकाएक ढलेपछि अस्पताल पुर्‍याइएका उनी अचेत अवस्थामै थिए । उपचारकै क्रममा उनको निधन भएको कोरियमा रहेका उनका सालो पुरूषोत्तम चौधरीले जानकारी दिए ।

कमल चौधरी कसरी र के कारणले अचेत भए भन्नेबारे उनको परिवार अनभिज्ञ थियो । अस्पतालमा निको हुने आशमा रहेको घर परिवार निधनको खबरले स्तब्ध बनेको छ ।

अचेत हुनुभन्दा एक महिना अगाडि नै उनले काम गर्दै आएको कम्पनी छोडेका थिए । त्यसपछि कामको खोजीमा छँदा कुनै सेल्टरमा बसिरहेको बेला यो घटना भएको हो ।

कोमामा रहेका बेला उनले हातखुट्टा अलिअलि चलाउने, आँखा झिमझिम गर्ने गरेका थिए ।

दक्षिण कोरियास्थित नेपाली राजदूतावासले घटनाबारे जानकारी पाउनासाथ कमलको परिवारसँग सम्पर्क गरेको थियो ।

नेपाली दूतावासका अनुसार कम्पनी छोडेर सेल्टरमा बसिरहेको अवस्थामा बेहोस रहेका उनलाई प्रहरीले एम्बुलेन्समार्फत अस्पताल पुर्‍याइएको थियो । उपचारको क्रममा उनको टाउकोमा रगत जमेको देखिएको थियो ।

उनको निधनपछि उनको उपचारमा लागेको १६ लाख रूपैयाँभन्दा बढी खर्च तिर्नुपर्ने देखिएको छ । त्यो रकम तिर्न सक्ने अवस्था चौधरीको परिवारसँग छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?