News Summary
Generated by OK AI. Editorially reviewed.- चर्च ब्वाइज युनाइटेडले एन्फा महिला लिग छनोट अन्तर्गत एफसी रियललाई ६–० ले हरायो।
- एनआरटीले नेपाल खेलकुद क्लबलाई ३–१ ले हराउँदै पुनरागमन जित हात पारेको छ।
- सुजाता पालुङवा र प्रतीक्षा ठकुरी प्लेयर अफ द म्याच घोषित भएकी छन्।
२ भदौ, काठमाडौं । एन्फा महिला लिग छनोट अन्तर्गत सोमबार भएको खेलमा चर्च ब्वाइज युनाइटेड र एनआरटी विजयी भएका छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको दिनको पहिलो खेलमा चर्च ब्वाइजले एफसी रियललाई ६–० ले हरायो ।
चर्च ब्वाइजले पहिलो हाफमा ५ गोल गरेको थियो भने दोस्रो हाफमा एक गोल थप्यो । चर्च ब्वाइजका लागि सुजाता पालुङवा र आसिका थापाले समान २ गोल गरे भने मनिता तुमरोक र वर्षा ओलीले समान एक गोल गरिन् ।
सुजाले छैटौं र २२औं मिनेटमा गोल गरिन् भने आसिकाले १६औं र ४४औं मिनेटमा गोल गरिन् । मनिताले पनि २२औं मिनेटमा गोल गरिन् भने वर्षाले ६८औं मिनेटमा गोल तपिन् ।
सुजाता खेलको प्लेयर अफ द म्याच घोषित भइन् ।
यस्तै दोस्रो खेलमा एआरटीले नेपाल खेलकुद क्लबलाई ३–१ ले हरायो । चारै गोल दोस्रो हाफमा भएको खेलमा एनआरटीले एक गोलले पछि परेको स्थितीमा पुनरागमन जित हात पारेको हो ।
नेपाल खेलकुद क्लबकी यशोदा कुमारी चिरालले ५२औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएकी थिइन् । तर सजिना स्याङतानले ७२औं मिनेटमा एनआरटीका लागि बराबरी गोल गरिन् ।
प्रतीक्षा ठकुरीले ८१औं र संगिता कुमारी मल्लले ८४औं मिनेटमा गोल गरेपछि एनआरटीले जित हात पार्यो । प्रतीक्षा प्लेयर अफ द म्याच समेत घोषित भइन् ।
तस्बिर : एन्फा
प्रतिक्रिया 4