
काठमाडौं । फिल्म ‘मैझारो’को सुटिङ सेटबाट अभिनेता दयाहाङ राईको झलक सार्वजनिक भएको छ । छायांकन अन्तिम चरणमा पुगेको बेला उनी लिम्बु समुदायको भेषभुषामा देखिएका छन् । उनले तीर हानिरहेको देखिन्छ ।
यो लुक्स सार्वजनिक भएसँगै यो फिल्ममा दयाहाङको संलग्नता रहेको औपचारिकरुपमा पुष्टि भएको छ ।
यसअघि फिल्ममा उनको अनुबन्धनलाई गोप्य राखिएको थियो । निर्देशक समेत रहेका अभिनेता राईले दयाहाङको लुक्स सार्वजनिक गर्दै दर्शकलाई सरप्राइज दिएका छन् ।
साउन पहिलो सातादेखि यो फिल्मको छायांकन इलाममा भैरहेको छ । यो फिल्ममा दयाहाङसहित धीरज मगर, मिरुना मगर, दीया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभय बराल, माओत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बुको अभिनय छ ।
छायांकन अन्तिम चरणमा रहेको बताइएको छ । छायांकन इलामका देउमाई नगरपालिका, पानीटार, जितपुर, साखेजुङ हुँदै पाँचथरका रमणीय स्थलमा भएका छन् । फिल्म ‘तक्मे प्रोडक्सन’को ब्यानरमा निर्माण भइरहेको छ ।
प्रतिक्रिया 4