+
+
Shares

१ असोजदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३ गते १३:३५
फाइल तस्वीर

३ भदौ, काठमाडौं । यातायात व्यवस्था  विभागले  आगामी १ असोजदेखि अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सवारी धनीहरूलाई अनुरोध गरेको छ ।

विभागले मंगलबार एक सूचना जारी गर्दै १ असोजदेखि सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नु पर्ने व्यवस्था गरेको छ ।

सबै सवारी धनीहरूलाई सम्बन्धित यातायात कार्यालयमा गएर हाइ सेक्युरिटी इम्बोस्ड नम्बर प्लेट जडान गर्न विभागले भनेको हो ।

गत २० साउनमा बसेको विषयगत समितिको बैठकले १ असोजदेखि सवारीसाधनहरूमा इम्बोस्ड नम्बर  प्लेट जडान अनिवार्य गर्ने निर्णय गरेको थियो ।

हेर्नुहोस् विभागको सूचना :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?