
३ भदौ, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेमा फर्कन रोक लगाउने केन्द्रीय कमिटीको निर्णयविरुद्ध राखेको फरक मत अन्तर पार्टी निर्देशन (अपानि) मा समावेश नगरेको भन्दै उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले पार्टीका निवेदन दिएका छन् ।
मंगलबार पार्टी केन्द्रीय कार्यालयमा पुगेर कार्यालय सचिव डा. भीष्म अधिकारीलाई उनीहरूले ध्यानाकर्षणसहितको निवेदन बुझाएका हुन् ।
उनीहरूले केन्द्रीय कमिटी बैठकले निर्णय गर्दागर्दै पूर्वराष्ट्रपति भण्डारीलाई रोक्न नहुने मत राखेका थिए । उनीहरूसहित स्थायी कमिटी सदस्य कर्ण थापाले पनि फरक मत राखेका थिए
यद्यपि, उनीहरूको फरक मतलाई पार्टी सर्कुलरमा समावेश नगरी पठाइएपछि पुन: स्मरण गराउँदै बुधबार केन्द्रीय कार्यालयमा निवेदन दिएका हुन् ।
फरक मतलाई पार्टीले अपानिमा किन समावेश गरेन ? किन छलफल भएन ? लगायतका प्रश्न राख्दै उनीहरूले ध्यानाकर्षण गराएको एमाले स्रोतले बताएको छ ।
प्रतिक्रिया 4