+
+
Shares

राष्ट्रिय नाटक महोत्सवमा आयोजक अक्षराको ‘मोक्षको मार्ग’ मञ्चन

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३ गते १८:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दोस्रो राष्ट्रिय नाटक महोत्सवमा अक्षरा स्कुल, काष्ठमण्डप विद्यालय र क्रिएटिभ एकेडेमी स्कुलले नाटक प्रस्तुत गरेका छन्।
  • महोत्सवमा देशभरका १७ वटा स्कुलका विद्यार्थीहरूले १७ वटा नाटक प्रस्तुत गर्दैछन् र भदौ ६ गतेसम्म चल्नेछ।

३ भदौ, काठमाडौं । दोस्रो राष्ट्रिय नाटक महोत्सवमा आयोजक अक्षरा स्कुल, काष्ठमण्डप विद्यालय र क्रिएटिभ एकेडेमी स्कुलले नाटक प्रस्तुत गरेका छन् । अक्षरा स्कुलकै आयोजना र लालाबालाको सहकार्यमा भइरहेको नाटक महोत्सवमा दोस्रो दिन मंगलबार तीन स्कुलको नाटक प्रदर्शन भएको हो ।

अक्षरा स्कुलले टंक चौलागाईं निर्देशित ‘मोक्षको मार्ग’ नाटक प्रदर्शन गरेको हो । त्यसैगरी काष्ठमण्डप विद्यालयले चन्दा खनालको निर्देशन रहेको ‘ द इन्टरनेट इज अ डिस्ट्र्याक-ओ ! लुक अ किटेन’ र क्रिएटिभ एकेडेमी स्कुलले निर्मल साउदको निर्देशनमा रहेको ‘सपनासँगको शून्यता’ नाटक प्रस्तुत गरे ।

काठमाडौँको पिङ्गलास्थानस्थित ‘स्टुडियो थिएटर’मा  भइरहेको महोत्सव भदौ ६ गतेसम्म चल्ने आयोजकले जानकारी दिएका छन्
महोत्सवमा ‘थिएटर इन एजुकेसन कार्यक्रम’अन्तर्गत नाट्य विधा अध्ययन गराउने देशभरका १७ वटा स्कुलका १७ वटा नाटकसहित विद्यार्थीहरू सहभागी भइरहेका छन् ।

महोत्सवको पहिलो दिन सोमबार रामबाबु रेग्मीको लेखन तथा निर्देशनमा भ्याली भ्यु स्कुलका विद्यार्थीले ‘इच्छा भर्सेस समय’ नाटक प्रस्तुत गरेका थिए भने ग्ल्याडस्टोन एकेडेमीको ‘गीता’ र आकाशगंगा इन्टरनेसनल एकेडेमीको ‘बैमानी काल’ नाटक पनि मञ्चन गरियो।

यस्ता राष्ट्रिय स्तरका कार्यक्रमले विद्यार्थीमा थप हौसला प्रदान गर्ने आयोजक अक्षरा स्कुलकी संस्थापक निर्देशक अन्जु भट्टराईले बताइन् ।

‘महोत्सवमा प्रस्तुत नाटकहरू केवल मनोरञ्जनका लागि मात्र नभएर सामाजिक जीवनका साथै राष्ट्रिय अन्तर्राष्ट्रिय विषयमा विद्यार्थीलाई सोच्न प्रेरित गर्ने उद्देश्यले तयार गरिएको छ’ भट्टराईले भनिन्’ ‘विद्यार्थीहरूले अभिनयमार्फत समाजका गहिरा सवालहरू उठाउन सकून् भन्ने हाम्रो चाहना हो।’

यस खालका नाटकले विद्यार्थीलाई सिप सिकाइका साथै सही र गलत छुट्ट्याउँदै जीवनका विकल्पहरूबारे चिन्तनमनन गर्न उन्मुख सघाउने उनले बताइन् ।

सिपमूलक र संस्कारयुक्त शिक्षाका साथै अभिनयात्मक प्रस्तुतिका लागि थिएटरलाई समावेश गरेर विद्यार्थीहरूलाई अभिनय कला सिकारहेको समेत जानकारी दिइन् ।

विद्यार्थीमा नाट्यकला र शिक्षाको संयोजनमार्फत् आत्मविश्वास, सिर्जनशीलता, संवादकला र सामूहिक काम गर्ने क्षमता विकास होस् भन्ने उद्देश्यले दोस्रो अन्तर्राष्ट्रिय महोत्सवको  आयोजना आफूले गरेको निर्देशक भट्टराईको भनाइ छ ।

साहित्य, संगीत र कला शिक्षाको अविभाज्य अङ्ग भएकाले सिकाइका क्षेत्रमा साहित्य, संगीत र कला झल्काउने प्रतियोगितात्मक कार्यमा विद्यालयहरूबीच सहकार्य आवश्यक रहेको उनले बताइन् ।

आयोजकका अनुसार भदौ ४ गते बुधबार रोजबड स्कुलले शिवराम अर्यालको ‘परदेशको स्कुल’, कान्जिरोवा राष्ट्रिय माध्यमिक विद्यालयले प्रतीक दुलाल निर्देशित ‘दुःखी राजकुमारी’ र द जोय हाउस कलेक्टिव स्कुलले बंसरी पाण्डेको ‘द जोय माछाको रंगीन सपना’ नाटक प्रस्तुत गर्दैछन् ।

त्यस्तै भदौ ५ गते ग्लोबल पब्लिक स्कुलको मञ्जु गिरी निर्देशित ‘द टेल अफ इन्द्रजात्रा’, निस्ट स्कुलको पुष्पराज अवस्थीद्वारा निर्देशित ‘पार्वती’ नाटक मञ्चन गरिनेछ ।

त्यसैगरी ५ गते नै हिमालयन ह्वाइट हाउस स्कुलले ‘द ग्रीक म्याथोलोजी ओलिम्पियागान्जा’ र टाइम्स इलिमेन्ट्रि स्कुलको प्रतीक दुलालद्वारा लिखित तथा सुरज तमूद्वारा निर्देशित ‘दुःखी राजकुमारी’ मञ्चन हुनेछन्

भदौ ६ गते लिटिल एन्जल्स स्कुलले दीपा बस्नेत निर्देशित ‘भीरमा फुलेका फूल’, पवन प्रकृति स्कुलले प्रकाश दाहालको ‘पिता…??’ मञ्चन गर्दैछन् । सोही दिन पिक प्वाइन्ट एडुकेसन नेटवर्कले राम केसी निर्देशित ‘यशस्वी भवः’ र काठमाडौँ प्रज्ञा कुञ्ज स्कुलले टंक चौलागाईंको ‘समीर नाचेको दिन’ नाटक प्रस्तुत गर्नेछन् ।

पछिल्लो समय निजी विद्यालयले नाट्य विधालाई प्राथमिकता दिँदै आएका छन् । अक्षरा स्कुलले पनि आफ्नो स्थापना कालदेखि नै नाट्य विधालाई कक्षाकोठामा भित्र्याएर विद्यार्थीलाई अभिनयात्मक प्रस्तुति गराउँदै आएको छ । यसअघि अक्षरा स्कुलकै अभि थिएटरमा ‘अन्तर्राष्ट्रिय बालनाटक महोत्सव’ आयोजना गरिएको थियो । जसमा विभिन्न बाह्र देशका नाटक मञ्चन भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?