+
+
Shares

पर्यटन बोर्ड र टिकटकबीच सम्झौता, नेपाल प्रवर्द्धनमा सहकार्य

सम्झौता अनुसार बोर्ड र टिकटकले स्वदेशी र विदेशी ख्यातिप्राप्त ट्राभल क्रिएटरसँग सहकार्य गर्नेछन् । जस अनुसार उनीहरूलाई नेपाल भ्रमण गर्न निम्त्याइने छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३ गते १८:४०

३ भदौ, काठमाडौं । नेपाल पर्यटन बोर्ड र टिकटकबीच नेपाल प्रवर्द्धन गर्ने सम्बन्धमा सहकार्य सम्झौता भएको छ ।

मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको उपस्थितिमा सम्झौता भएको हो । सम्झौता अनुसार बोर्ड र टिकटकले स्वदेशी र विदेशी ख्यातिप्राप्त ट्राभल क्रिएटरसँग सहकार्य गर्नेछन् । जस अनुसार उनीहरूलाई नेपाल भ्रमण गर्न निम्त्याइने छ ।

उनीहरूले छोटा र आकर्षक भिडियो बनाएर त्यसमार्फत संसारभरि रहेका दर्शकसामु नेपालका सुन्दर, प्राकृतिक एवं सांस्कृतिक सम्पदा प्रस्तुत गर्ने भएका छन् । अभियान अवधिभरि क्रिएटरहरूले टिकटकबाट यस्ता भिडियो सार्वजनिक गर्ने छन् ।

बोर्डले नेपाल आउने क्रिएटरहरूको काठमाडौं र काठमाडौं बाहिर रहँदाको यात्रा र आतिथ्य सेवा प्रदान गर्ने भएको छ । यस्ता अभियानमा आमन्त्रण गर्ने कामसमेत बोर्डले गर्ने छ । जसमा सार्वजनिक व्यक्ति, कलाकार र सांस्कृतिक दूतसमेत समावेश हुने छन् ।

स्थानीय स्तरमा अभियानलाई थप प्रभावकारी बनाउन टिकटकले तीन वटा क्षमता विकासका काम समेत गर्ने छ । जसमा स्वदेशी कन्टेन्ट क्रिएटरलाई डिजिटल स्टोरी टेलिङ, दर्शक वृद्धि र ब्रान्ड सहकार्यबारे व्यावहारिक सिप प्रदान गरिने छ ।

यसमा नेपालका साना र मद्यम उद्यमीले पनि आफ्नो सेवा टिकटक मार्फत दर्शकसामु प्रस्तुत गर्न सक्ने छन् । कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले यो साझेदारीले नेपाललाई विश्वसामु चिनाउन मद्दत पुग्ने बताए ।

टिकटकका दक्षिण एसिया पब्लिक पोलिसी तथा गभर्र्नेन्स रिलेसन प्रमुख फर्दोस मोत्ताकिनले नेपालमा संसारकै अद्भुत प्राकृतिक सुन्दरता र सांस्कृतिक अनुभव मिल्ने भन्दै बोर्डसँगको सहकार्यका लागि उत्साहित रहेको बताए । उनका अनुसार यो सहकार्य सन् २०२५ भरि चल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?