+
+
Shares

वात्सल्य क्लिनिकको नवौं वार्षिकोत्सवमा विशेष अफर

नवौं वार्षिकोत्सव अफर अन्तर्गत वात्सल्य क्लिनिकमा पहिलो आईभीएफ चक्र गराउने जोडीहरूका लागि यदि पहिलो चक्रबाट गर्भधारण हुन नसकेमा र त्यस चक्रबाट स्वस्थ भ्रूण बाँकी रहे दोस्रो आईभीएफ चक्र विल्कुल निःशुल्क हुनेछ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३ गते १९:०७

काठमाडौं । प्रजनन उपचार क्षेत्रमा नेपालको अग्रपंक्तिमा रहेको तथा उच्च सफलताका लागि परिचित वात्सल्य क्लिनिकले आफ्नो नवौं वार्षिकोत्सवका अवसरमा एक महत्त्वपूर्ण घोषणा गरेको छ ।

आजको समाजमा बढ्दो निःसन्तानताको चुनौती सम्बोधन गर्दै ७० प्रतिशतभन्दा बढीको आईभीएफ सफलता दरका साथ ९ हजारभन्दा बढी परिवारलाई सन्तान सुख प्रदान गरिसकेको वात्सल्यले यसपटक ‘सफलताको सम्भावना दोब्बर, खुसी चौगुणा’ बनाउने हेतुले एक विशेष अफर ल्याएको जनाएको छ ।

विशेष अफर : पहिलो आईभीएफ चक्रपछि आवश्यक परे दोस्रो निःशुल्क

नवौं वार्षिकोत्सव अफर अन्तर्गत वात्सल्य क्लिनिकमा पहिलो आईभीएफ चक्र गराउने जोडीहरूका लागि यदि पहिलो चक्रबाट गर्भधारण हुन नसकेमा र त्यस चक्रबाट स्वस्थ भ्रूण बाँकी रहे दोस्रो आईभीएफ चक्र विल्कुल निःशुल्क हुनेछ । यो पहल सन्तान प्राप्तिको सपना बोकेका दम्पतीहरूलाई थप अवसर प्रदान गर्न लक्षित छ ।

सीमित अवधिको योजना भएकाले इच्छुक दम्पतीहरूलाई थप जानकारीका लागि नजिकको वात्सल्य क्लिनिकमा जान वा सिधै०१५९७०६११ मा सम्पर्क गर्न वात्सल्यले अनुरोध गरेको छ । यसका साथै अफर सम्बन्धी सम्पूर्ण जानकारी वात्यसल्यको वेबसाइटमा पनि हेर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?