+
+
Shares

अनुचित लेनदेन आरोपमा सिन्धुपाल्चोकका कटुवाल पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ४ गते १०:२५

४ भदौ, काठमाडौं । अनुचित लेनदेनको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकका ३४ वर्षीय कविराज कटुवाल छन् । उनलाई मकवानपुरबाट पक्राउ गरेर ललितपुर ल्याइएको छ ।

अनुचित लेनदेनको कसुरमा जाहेरी परेपछि पक्राउ पुर्जी लिएर उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता चक्रराज जोशीले जानकारी दिए ।

उनीविरुद्ध एक व्यक्तिले जाहेरी दिएका हुन् । मकवानपुरबाट पक्राउ परेका उनीविरुद्ध आज अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाइने प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?