
४ भदौ, काठमाडौं । एक करोड ४० लाख रुपैयाँ ऋण दिएर करिब पाँच करोड रुपैयाँ असुलेको आरोपमा पक्राउ परेका कविराज कटुवालविरुद्ध म्याद थप भएको छ ।
ललितपुर जिल्ला अदालतले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको हो । सिन्धुपाल्चोकको ३४ वर्षीय कुटवालले एक व्यक्तिलाई एक करोड ४० लाख रुपैयाँ ऋण दिएका थिए । ती व्यक्तिले चार करोड ८६ लाख तिरिसकेको तर पनि अझै बाँकी छ भन्दै दुख दिन थालेपछि प्रहरीमा जाहेरी दिएको बताइएको छ ।
अनुचित लेनदेन (मिटरब्याज)को आरोपमा पक्राउ परेका उनीविरुद्ध ५ दिनको म्याद अदालतले दिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता चक्रराज जोशीले बताए । उनलाई सोमबार मकवानपुरबाट पक्राउ गरेर ललितपुर ल्याइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4