
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एकीकृत समाजवादीले नेपालको चुच्चे नक्सा सहितको कुटनीतिक नोट भारत र चीनलाई पठाउन आग्रह गरेको छ।
- सांसद वेदुराम भुसालले राष्ट्रियसभाको बैठकमा नेपालका प्रशासनिक नक्सा भारत, चीन र संयुक्त राष्ट्रसंघमा उठाउन माग गरेका छन्।
- भुसालले लिपुलेकलाई व्यापारिक नाका बनाउने चीन–भारत सहमति विरोध गर्दै यस्तो आग्रह गरेका हुन्।
६ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेपालको चुच्चे नक्सा सहितको कुटनीतिक नोट भारत र चीनलाई पठाउन आग्रह गरेको छ ।
शुक्रबार राष्ट्रियसभाको बैठक सुरु भएलगत्तै आकस्मिक समय लिएर पार्टीका तर्फबट बोल्दै एकीकृत समाजवादीका सांसद वेदुराम भुसालले यस्तो आग्रह गरेका हुन् ।
नेपालको प्रशासनिक नक्सा भारत र चीनका साथै संयुक्त राष्ट्रसंघमा उठाउन उनको माग छ । लिपुलेकलाई व्यापारिक नाका बनाउने गरी चीन–भारत सहमति भएको विरोध गर्दै सांसद भुसालले यस्तो आग्रह गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4