
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्सको आठौँ कार्यसमितिका लागि दुई प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ।
- सभापति शेरबहादुर देउवा पक्षबाट रविभुषण झाको प्यानल र पूर्वमहामन्त्री डा.शशांक कोइराला पक्षबाट धनेन्द्र केसीको प्यानल बनेको छ।
- भदौ १४ मा सातै प्रदेशका ६ हजार ५०० प्रतिनिधिले १३ स्थानबाट मतदान गर्ने व्यवस्था गरिएको छ।
७ भदौ । काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था ‘सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स’ (सीडेन) को आठौँ कार्यसमितिका लागि प्यानलगत प्रतिस्पर्धा हुने भएको छ ।
सभापति शेरबहादुर देउवा पक्षबाट रविभुषण झाको नेतृत्वमा प्यानल बनाइएको छ । झाको प्यानललाई नेता प्रकाशमान सिंहको समर्थन रहेको छ । नेता सिंह निकटका सुदर्शन शर्मा झाको प्यानलबाट महासचिवको उम्मेदवार बनेका छन् ।
संस्थापन पक्षसँग प्रतिस्पर्धा गर्नका लागि पूर्वमहामन्त्री डा.शशांक कोइराला र नेता प्रदीप पौडेल पक्षका इन्जिनियरहरूले प्यानल बनाएका छन् ।
धनेन्द्र केसीलाई अध्यक्षको उम्मेदवार संस्थापनइतरले बनाएको छ । उक्त प्यानलमा महासचिवको उम्मेदवार भुपेन्द्र श्रेष्ठ छन् । संस्थापन पक्षबाट अध्यक्षमा उठेका झा नेपाल ईन्जिनियर एशोसिएसनको पूर्व महासचिव हुन् । अर्को समूहबाट अध्यक्षका उम्मेदवार केसी सीडेनको पूर्व उपमहासचिव हुन् ।
झाको प्यानलबाट उपाध्यक्षमा मदन पुरी, उप महासचिवमा खगेन्द्र अवस्थी, कोषाध्यक्षमा सुजित कोइराला उम्मेदवार बनेका छन् । केसी प्यानलबाट उपाध्यक्षमा सागर शमसेर शाही, उप महासचिवमा सन्तोष नेपाल कोषाध्यक्षमा रश्मिता बञ्जाराले उम्मेदवार दिएका छन् ।
नयाँ कार्यसमितिका लागि भदौ १४ का लागि समय तोकिएको छ । सीडेनको महाधिवेशनका प्रतिनिधि ६ हजार ५०० छन् ।
सातै प्रदेशबाट मतदान गर्ने व्यवस्था गरिएको छ । १३ स्थानबाट मतदान गर्ने व्यवस्था गरिएको छ । कुल प्रतिनिधिबाट ५० प्रतिशत हारहारी मत खस्ने अपेक्षा गरिएको सीडेनमा आवद्ध नेताहरूले जानकारी गराएका छन् ।
प्रतिक्रिया 4