+

एएफसी महिला च्याम्पियन्स लिग छनोट खेल्न एपीएफ क्लब उज्बेकिस्तान प्रस्थान

२०८२ भदौ  ६ गते १३:४३ २०८२ भदौ ६ गते १३:४३
एएफसी महिला च्याम्पियन्स लिग छनोट खेल्न एपीएफ क्लब उज्बेकिस्तान प्रस्थान

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालको एपीएफ क्लब एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा सहभागिता जनाउन उज्बेकिस्तान प्रस्थान गरेको छ।
  • एपीएफ समूह बी मा साउदी अरेबियाको अल नासरसहित उज्बेकिस्तानको पीएफसी नासाफ र थाइल्याण्डको कलेज अफ एसियन स्कोरलार्ससँग प्रतिस्पर्धा गर्नेछ।
  • प्रारम्भिक चरणमा १९ टोलीले प्रतिस्पर्धा गर्नेछन् र प्रत्येक समूहको विजेताले मुख्य चरणमा प्रवेश गर्नेछ।

६ भदौ, काठमाडौं । एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा सहभागिता जनाउन नेपालको एपीएफ क्लब उज्बेकिस्तान प्रस्थान गरेको छ। एपीएफको टोली शुक्रबार उज्बेकिस्तान गएको हो ।

एपीएफले छनोटमा साउदी अरेबियाको अल नासरसहित ३ टोलीसँग खेल्ने छ ।

नेपाल समूह बी मा परेको छ । यो समूहमा एपीएफ र अल नासेरसँगै उज्वेकिस्तानको पीएफसी नासाफ र थाइल्याण्डको कलेज अफ एसियन स्कोरलार्स छन् ।

नेपालको लिग च्याम्पियन एपीएफले लगातार दोस्रो पटक एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा प्रतिस्पर्धा गर्न लागेको हो ।

गत वर्ष नेपालले प्रारम्भिक चरणमा उज्वेकिसत्नको नासाफसँगै मलेसियाको सबाहसँग खेलेको थियो । त्यसबेला एपीएफ नासाफसँग १-० ले पराजित भएको थियो ।

प्रारम्भिक चरणमा १९ टोलीले प्रतिस्पर्धा गर्नेछन् । चार समूहमा चार-चार र एक समूहमा तीन टिम छन् । हरेक समूहको विजेता एएफसी महिला च्याम्पियन्स लिगको मुख्य चरणमा प्रवेश गर्नेछन् ।

शीर्ष सात टोली यसअघिले मुख्य चरणमा स्थान बनाइसकेका छन् । जसमा ६ टोलीको टुङ्गो लागिसकेको छ भने युएईबाट खेल्ने एक टोलीको टुङ्गो लाग्न बाँकी छ । अन्तिम चरणमा १२ टोलीलाई तीन समूहमा विभाजन गरेर खेलाइनेछ ।

एएफसी महिला च्याम्पियन्स लिग एपीएफ क्लब

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय