+
+
Shares

संसद्को नयाँ भवनमा कन्फ्रेन्सिङ सिस्टम परीक्षण र डेमो

विभिन्न देशमा प्रयोग भएको अत्याधुनिक प्रणाली नै नेपालको संसद्मा प्रयोग गरिएको सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ६ गते १७:१९

६ भदौ, काठमाडौं । संसद्को नयाँ भवनको कन्फ्रेन्सिङ सिस्टमबारे आज परीक्षण गर्दै डेमो प्रदर्शन गरिएको छ ।

सिंहदरबार भित्रै बनिरहेको संसद् भवनमा आधुनिक प्रणाली जडान गरिँदैछ । विभिन्न देशमा प्रयोग भएको अत्याधुनिक प्रणाली नै नेपालको संसद्‍मा प्रयोग गरिएको सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले जानकारी दिए ।

नयाँ भवनमा प्रविधिबारे आज उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई ब्रिफिङ गरिएको सचिव सिग्देलले जानकारी दिए ।

सोही क्रममा संसद् भवनमा राखिएको कन्फ्रेन्सिङ सिस्टमले कसरी काम गर्छ भन्ने परीक्षण गरिएको थियो ।

सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनका अनुसार प्रतिनिधिसभामा ३ सय ५४ वटा र राष्ट्रिय सभामा ९४ वटा डिभाइस हरेक टेबुलमा जडान हुनेछ । नयाँ भवनमा जडान हुने प्रविधि अहिलेको संसद् भवनभन्दा आधुनिक हुनेछ ।

जसमा आफ्नो कुर्सीमा जडित डिभाइसबाट मत विभाजनका क्रममा मत दिन सकिने, संसद्‍मा प्रस्तुत विधेयक र अन्य डकुमेन्ट सिधै डिभाइसमा हेर्न मिल्नेछ । संसद्को क्यामेरा सिस्टम पनि डिभाइसमा आधारित हुनेछ ।

संसद् भवन निर्माण कार्यसँगै संसद्भित्रको प्राविधिक पक्ष उन्नत बनाउनुपर्ने उपप्रधानमन्त्री सिंहले जोड दिए । नयाँ प्रविधिले संसद्को कामकारबाही सहज र प्रभावकारी बनाउने विश्वास गरिएको छ ।

नयाँ भवनको कन्फ्रेन्सिङ सिस्टमबारे उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री सिंहसहित संघीय संसद्का महासचिव, सचिव, सचिवालयका प्रतिनिधिबीच नयाँ प्रणालीले कसरी काम गर्छ भनेर परीक्षण गरेर देखाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?