
News Summary
Generated by OK AI. Editorially reviewed.- इन्टरनेशनल करिअर काउन्सिलिङ सेन्टरले २०२५ को मल्टिडेस्टिनेशन फेयर काठमाडौँसहित देशका ११ शाखामा सेप्टेम्बर १ मा आयोजना गर्नेछ।
- मेलामा अनुभवी काउन्सलरहरूले विद्यार्थीलाई क्यानडा, बेलायत, अमेरिका र अस्ट्रेलियामा अध्ययनका लागि शैक्षिक गन्तव्य र विश्वविद्यालय छनोटमा सल्लाह दिनेछन्।
- मेलामा सहभागी विद्यार्थीले छात्रवृत्ति, पूर्वतयारी कक्षा छुट र विभिन्न उपहारहरू प्राप्त गर्नेछन् भने व्यक्तिगत प्राथमिकतामा आधारित करियर काउन्सिलिङ पनि उपलब्ध हुनेछ।
७ भदौ, काठमाडौँ। काठमाडौँसहित देशका विभिन्न स्थानमा आइसीसीसी मल्टिडेस्टिनेशन फेयर २०२५ को आयोजना गरिने भएको छ ।
इन्टरनेशनल करिअर काउन्सिलिङ सेन्टर आईसीसीसीको आयोजनामा हुन लागेको मेला आईसीसीसीको काठमाडौँसहित देशभरका ११ वटा शाखामा एकसाथ हुने प्रवन्ध निर्देशक राम खड्काले जानकारी दिए।
आगामी सेप्टेम्बर १ तारिखका दिन बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म चल्ने मेलामा अनुभवी काउन्सलरहरुले बिद्यार्थीका लागि राम्रो शैक्षिक गन्तव्य छनोट, देश र विश्वविद्यालय छनोट गर्ने अवसर तथा शैक्षिक र व्यावसायिक लक्ष्यहरूसँग मिल्ने खालका सुझाव दिने आयोजकले जनाएको छ ।
शैक्षिक मेला आईसिसिसिको देशभरका पुतिलीसडक, कमलादी, चाबहिल, पोखरा, धनगडी, चितवन, झापा, इटहरी, बुटवल र बनेपामा एकसाथ लाग्ने आईसीसीसीका सिनियर काउन्स्लर अनुप शर्माले जानकारी दिए ।
सिनियर काउन्स्लर शर्माका अनुसार शैक्षिक मेला क्यानडा, बेलायत, अमेरिका र अस्ट्रेलिया अध्ययन सम्बन्धी हुन लागेको हो। विदेश अध्ययनको योजना बनाएका विद्यार्थीका लागि मेला निकै लाभदायी हुने आयोजकको दाबी रहेको छ ।
प्रबन्ध निर्देशक खड्काका अनुसार यो मेलाले विदेशको उत्तम शैक्षिक गन्तव्यहरू छनौट गर्न मद्दत गर्ने मात्र नभई विशेषज्ञबाट करियर काउन्सिलिङ, व्यक्तिगत प्राथमिकता, सम्भावना, रुचि र उद्देश्यहरूको आधारमा निर्णय लिन सल्लाह दिईनेछ मेलामा सहभागी विद्यार्थीले विभिन्न खालका छात्रवृत्ति, पूर्वतयारी कक्षामा आर्कषक छुट तथा विभिन्न खालका उपहारहरु पनि प्राप्त गर्ने आईसीसीसीले जनाएको छ।
प्रतिक्रिया 4